१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा नेपाली कांग्रेसकाे गाउँसभापतिमा ३ जनाकाे उम्मेदवारी घाेषणा, ३ जनाकाे नाम चर्चामा



गाैरीगंज ८, साउन /
नेपाली कांग्रेसको आगामी चौधौ महाधिवेशनमा गाैरीगंज गाउँसभापतिमा ३ जनाले उम्मेदवारी घाेषणा गरेका छन् ।

जिल्ला उपसभापति देवी प्रसाद राजवंशी, वर्तमान गाउँसभापति राजेन्द्र कार्की र क्षेत्रिय प्रतिनिधि कमलेश्वर राजवंशीले गाउँसभापतिमा उम्मेदवारी घाेषणा गरेका हुन् ।

आगामी साउन महिनाको २२ गतेतिर हुने वडा अधिवेशनलाई लक्षित गरि आज आयाेजित गाैरीगंज गाउँपालिका वार्ड नं. ५ काे वडा भेलालाई सम्बाेधन गर्दै उनीहरूले उम्मेदवारी घाेषणा गरेका हुन् ।

त्यसैगरी गाउँसभापतिमा महासमिति सदस्य घनश्याम रिजाल, १ नं. वडा सभापति दिनेश्वर राजवंशी र २ नं. वडा सभापति अघ्नु राजवंशीकाे पनि नाम चर्चामा छ । उनीहरूले आैपचारिकरूपमा उम्मेदवारी घाेषणा गरेका छैनन् ।
आगामी हुने स्थानिय निकायकाे निर्वाचनमा आफ्नाे उम्मेदवारी सुरक्षित हुन सक्ने आकंलन गरेका पार्टीको ठुलै पदिय हैसियतमा रहेका महासमिति सदस्य देखि वडा सभापतिमा रहेकासम्मले गाउँसभापतिकाे पदमा आकांक्षी बनेका छन् । गाउँसभापति पद आफ्नाे पाेल्टामा परे स्थानिय निकायकाे निर्वाचनमा टिकट पाउन सहज हुन सक्ने उनीहरूकाे ठम्याई छ।

हाल कांग्रेसको अधिवेशन किन पनि महत्वपुर्ण छ भने अवको ७ महिनाभित्रै आउन लागेको स्थानीय तहको निर्वाचनमा टिकट वितरण र उम्मेद्धारी घोषणा लगायतमा यहि समितिको वोलवाला हुने भएकोले उनीहरूले गाउँसभापतिकाे पदमा आँखा लगाएकाे हुनसक्ने कतिपय पुराना कांग्रेसीहरूकाे भनाई छ ।

नेपाली कांग्रेस गाैरीगंजले साउन ५ गते वडा भेला गर्ने निर्णय गरेकाे थियाे । ६ वटा वडा रहेकाे गाैरीगंज गाउँपालिमा ८ गतेदेखि वडा भेला गर्ने निर्णय गरेकाे हाे । गाउँसभापति राजेन्द्र कार्कीकाे सभापतित्वमा वैठक बसेकाे थियाे । त्यसैगरी गाउँपालिका सचिवमा शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल ताजपुरिया, नेविसंघ जिल्ला उपाध्यक्ष भवानी काफ्ले र गाउँ समिति सचिव अशाेक प्रसाद यादवकाे नाम चर्चामा छ । करिब १२ सय क्रियाशिल सदस्य रहेकाे गाैरीगंज गाउँपालिकालाई कांग्रेसकाे किल्ला (गढ) भनेर चिनिन्छ ।

नेपाली कांग्रेस जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले पार्टीको विधान र समिति गठन प्रक्रियाबारे जानकारी गराएका थिए । उनले सर्वसम्मतरूपमा सबैले गाउँसभापतिमा आफुलाई याेग्य ठाने मात्र त्यसतर्फ साेच्ने बताए । उनले याेग्य साथीहरू थुप्रै रहेकाले गाउँसभापतिमा सर्वसम्मतरूपमा निर्वाचित गराउनु पर्ने उनकाे धारणा थियाे ।
वार्ड नं. ५ का वडा सभापति देवनारायण ताजपुरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव अशाेक प्रसाद यादवले गरेका थिए ।


नेपाली कांग्रेसकाे विधान अनुसार गाउँपालिका र वडा कार्यसमितिकाे गठन यस प्रकार रहने व्यवस्था रहेकाे छ ।


प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ११ बजे