१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तत्कालिन जिल्ला पञ्चायतका उपसभापति राजवंशीकाे निधन



बनियानी ३१ , असार / आदिबासी राजवंशी समुदायका अग्रज कालेन्द्रसिंह राजवंशीको ८० वर्षको उमेरमा आज निधन भएको छ ।

झापा कचनकवल गाउँपालिका वडा नं ६ डुकडुकी निवासी राजवंशीको दिउँसो २ बजेतिर उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा निधन भएको हो । उनलाई मुटुको समस्या रहेको थियो । उनले विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । २०२८ सालदेखि २०३३ सालसम्म जिल्ला पञ्चायतको सदस्य , २०३१ देखि २०३३ सालसम्म जिल्ला पञ्चायतको उपसभापति भएका राजवंशीले कार्यबाहक जिल्ला सभापति भएर पनि केही समय कार्यभार सम्हालेका थिए । त्यस्तै २०३६ सालमा गाउँफर्क राष्ट्रिय अभियानको जिल्ला अध्यक्ष भएका थिए । उनी बनियानी गाउँ पञ्चायतको प्रधानपञ्च समेत भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला सदस्य रहेका राजवंशी पछिल्लो समय स्वतन्त्र थिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ५६ बजे