१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेरूदण्डमा पलाएकाे ट्युमर फुटेर गम्भीर अवस्थामा पुगेकी छाेरी सन्ध्याकाे जीवन बचाईदिन बाबुद्वारा सहयाेगकाे अपिल




गाैरीगंज २१, झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ठेकीटाेलाकी २३ महिने एक बालिकाकाे ट्युमर फुटेर गम्भीर अवस्थामा पुगेकी छन् ।
साधारण भाडाकाे घरमा बसेर सानाेतिनाे व्यापार गरि जिविकाेपार्जन गर्दै आएका देवेन्द्र राईकी छाेरी सन्ध्या राई गम्भीर अवस्थामा पुगेकी हुन् ।
उनकाे मेरूदण्ड मुनिकाे भागमा ट्युमर पलाएपछि गम्भीर अवस्थामा पुगेकी राईलाई विराटनगर स्थित नाेवेल अस्पताल लगिएकाे थियाे । आर्थिक अवस्था कमजाेर भएका कारण चिकित्सकहरूका अनुसार उपचार गर्न नसकेपछि ट्युमर फुटेकाे हाे । ट्युमर फुटेपछि टाउकाेमा पानी जमेर उनी जिवनमरणकाे दाेसाँधमा पुगेकी थिईन् । उनकाे अहिले टाउकाे अप्रेसन गरिएकाे छ भने मेरूदण्डकाे अप्रेसन अार्थिक अभावका कारण हुन सकेकाे छैन । टाउकाे अप्रेसनमा ३ लाख भन्दा बढी खर्च भईसकेका र मेरूदण्डकाे अप्रेसनका लागि ८ देखि १० लाख रूपैयाँ खर्च हुने उनकी आफन्त मनिका राईले बताईन् । तेईस महिने ती अबाेध बालिका सन्धया राईकाे जीवन रक्षार्थ अार्थिक सहयाेग गरिदिन उनका बाबु देवेन्द्र राईले सहयाेगकाे याचना गरेका छन् ।
देश बिदेशका मनकारी नेपाली दाजुभाई दिदीबहिनीहरूले नेपाल बैँक लिमिटेडको गौरीगंज शाखामा उनका वुवा देबिन्द्र राईको DEBINDRA RAI को नाममा रहेको खाता नँबर 07301007048922000001 मा आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ३२ बजे