१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज–१ द्वारा ४७ जना छात्रालाई साइकल वितरण



गौरीगंज ४, असार / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले वार्ड भित्रका कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।
अध्ययन कार्यमा हौसला मिलोस र थप शिक्षा हासिल गर्न विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्येश्ले वार्ड भित्रका ११ कक्षामा अध्ययनरत ४७ जना छात्राहरुलाई आज शुक्रवार वार्डले साइकल वितरण गरेको हो । गौरीगंज गथाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा भएको साइकल वितरण कार्यक्रममा वार्ड सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, टंक प्रसाद श्रेष्ठ, सुनिता पासवान, कार्यपालिका सदस्य भिम प्रसाद राजवंशी, बाल कल्याण माविका प्रअ भिम कोइराला, प्रअ तेजनारायाण राजवंशी, प्राविधिक सन्तोष ढकाललगायतको सहभागिता थियो । वार्डको सिलिङ्ग वजेटको ४ लाख १० हजार रुपैयाँमा ६० जना छात्राहरुलाई साइकल वितरण गर्ने योजना रहेको वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएका छन् । उनले भने – ‘६० जना मध्ये आज ४७ जनालाई साइकल वितरण गरिसक्यौं अब बाकी रहेकालाई पनि क्रमशः वितरण गर्ने छौ ।’

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ४३ बजे