५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस नेता तथा व्यवसायी राईद्वारा गाैरादहमा विपन्नलाई खाद्यान्न



दमक/ निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका राजनीतिक तथा व्यवसायी नेता जिवन राईले व्यक्तिगत खर्चमा खाद्यन्न राहत प्रदान गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गौरादह उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राईले आईतबार गौरादह १ र ७ का कूल २६ परिवारलाई प्रति परिवार २५ केजी चामलसहित दाल, नुन र तेल लगायत खाद्यन्न प्रदान गरेका हुन । वडा नं ७ का २० र वडा नं १ का ६ परिवारलाई राईले ति टोलमै पुगेर राहत प्रदान गरेका थिए ।

त्यस अवसरमा कांग्रेसका गौरादह नगर कोषाध्यक्ष अरुण साह, वडा नं ७ का कांग्रेस सभापति दिलनाथ कटुवाल, महिला नेतृ सुमित्रा खरेल, कांग्रेस झापाका युवा तथा खेलकुद विभाग सदस्य भोला चक्रवर्ती, नेविसंघ नेता महेन्द्र भट्टराई, गाैरादह नेविसंघ सभापति बाबुराम नेपाल, नेविसंघ नेता हिमाल नेपाल, डिक बहादुर खड्का लगायत सहभागी थिए । राईले गौरादह नगरमा जारी बन्दाबन्दीका कारण समस्यामा परेका अन्य विपन्नहरुलाई समेत आफूले सक्ने खाद्यन्न राहत स्वरुप दिने घोषणा गरेका छन । राईले भने – मेरो सहयोग जो भोको छ उसलाई हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : १९ बजे