१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागूऔषधसहित गाैरीगंजबाट दुईजना पक्राउ



दमक/झापाको गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । मंगलबार ( हिजो) बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन् । उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 –२८ ट्याब्लेट र Nitravet –३० ट्याब्लेट फेला पारेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ३८ बजे