१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा एक महिलाले गरिन् आत्महत्या



गाैरीगंज ५, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकी एक महिलाले आत्महत्या गरेकी छन् । अन्दाजी वर्ष २२ कि ती महिलाले आफ्नै घरकाे काेठामा सिलिङ्ग फ्यानमा सलले झुन्डिएर आज विहान करिब ६ बजे आत्महत्या गरेकी हुन् । उनकी ८ महिनाकाे छाेरी पनि छन् भने श्रीमान् वैदेशिक राेजगारीमा गएका छन् । उनकाे पाेष्टमार्टमका लागि प्रहरीले मुचुल्का उठाउने तयारी गरिरहेकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : ३९ बजे