८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

झापामा भाेली राती १२ बजेदेखि थप कडाई, के खाेल्न पाईने ? के नपाईने ? (विस्तृत हेर्नुहाेस् )



 


गाैरीगंज २१, बैशाख /  झापामा कोरोनाको भयावह स्थिति देखिएसँगै जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्ने निर्णय गरेको छ । झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लागु गर्ने भएको छ ।


जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को मंगलबार साँझ बसेको बैठकले जिल्लामा पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको जनाईएकाे छ ।

भोलि बुधवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाद्वारा दिएकाे आदेश पत्रमा उल्लेख छ । प्रशासनले वैशाख १९ गते मध्यरातिदेखि जिल्लामा आंशिक निषेधाज्ञा लगाएको थियाे । आंशिक निषेधाज्ञा उल्लङ्घन भएको ठहर गर्दै प्रशासनले पूर्ण रुपमा निषेधाज्ञा लगाएको हो ।

अहिलेको निषेधाज्ञामा बिहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल र व्यवसाय विहान ६ बजेदेखि १० बजेसम्म खाेल्न पाउने निर्णय गरेकाे छ ।
हाल झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुगे संगै झापामा कोरोना कहर खतराको घण्टी बजेको छ ।   सरकारले जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि थप कदम उठाउन स्थानीय प्रशासनले आदेश दिइसकेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ०१ बजे