३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंज – ३ द्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


२६ माघ २०७७, सोमबार  

0
Shares

गाैरीगंज २६, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज साेमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अध्यक्षता वार्ड नं. ३ का अध्यक्ष मखना महताेले गरेका थिए ।
नेपाली कांग्रेस महासमिति सदस्य तथा पुर्व गाविस अध्यक्ष घनश्याम रिजालले गाैरीगंज चाैक देखि अल्तावारीसम्मकाे बाटाे र हुलाकी सडककाे जग्गाकाे विवाद र सहरी विकासकाे कामकाे विषयमा जिज्ञासा राखेका थिए ।
गाैरीगंज चाैक देखि हल्तावारी बाटाेकाे निर्माणकाे काम कमसल र ड्रेनकाे काम के भईरहेकाे छ ? भनी अध्यक्ष महताेलाई चासाेकाे साथ उनले साेधेका थिए स्थानियवासी सुशील राईले बाटाे निर्माणमा विनियाेजित रकम फेरि पछि किन बजेट बढाईन्छ ? र ग्यास चुलाे वितरणमा सम्वन्धित सराेकारवाला संग किन छलफल गरिदैन भनेर गुनासाे गरेका थिए । कार्यक्रममा भक्ति प्रसाद तिम्सिनाले ठेकिटाेलामा वत्तीकाे व्यवस्था छैन कहिलेसम्म अध्याराेमा बस्नुपर्ने जिज्ञासा गरेका थिए ।
स्थानियवासी घनेन्द्र कार्कीले जीवन सतारले घर पाएनन भन्दै जनता आवास कार्यक्रममा उनलाई समावेश गर्नुपर्ने धारणा राखेका थिए ।


त्यसैगरी स्थानिय टिकाराम बस्नेतले सुकुम्बासी समस्याकाे समाधान कहिलेसम्म हुने र हुलाकी सडककाे बीचमा विजुलीकाे पाेल नउठाएकाेप्रति ध्यानाकर्षण गराएका थिए । शेरमान बुढाथाेकीले सिलिङ्ग बजेटबाट अपाङ्गताकाे ६० हजार बजेटमध्ये ७ जना अपाङ्गतालाई ग्यास चुलाे वितरण गर्नमा अापत्ती जनाएका थिए । गाैरीगंज गाउँपालिका भरि ४१ जना अपाङ्गता भएका व्यक्ति रहेकाे र त्यसलाई उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।
स्थानिय सिताराम खड्काले १५ प्रतिशत कृषिमा बजेट बढाउनु पर्ने, सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने र सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरू गर्नु पर्ने सुझाव दिएका थिए । स्थानिय लक्ष्मी कार्कीले पेट्रोल पम्पतिर सडक वत्ती नबलेकाे गुनासाे गरेका थिए ।
स्थानिय विष्णु सुवेदीले कृषि शिर्षककाे अनुदानमा
५० प्रतिशत मात्र अनुदान दिएकाे गुनासाे गरेका थिए । गाैरीगंज उद्योग वाणिज्य संघका सचिव श्रवण गिरी व्यवस्थित बधशाला, खेलकुद मैदानकाे व्यवस्थापन, बस पार्ककाे जग्गाकाे व्यवस्थापन, लाेक सेवा अतिथी सदनकाे जग्गाकाे विषयमा जिज्ञासा राखेका थिए । त्यसैगरी सचिव गिरीले वजारकाे फाेहाेरकाे व्यवस्थापन किन गर्न नसकेकाे ? डम्पिङ साईटकाे व्यवस्थित गर्न किन नसकेकाे हाे ? कृषि, शिक्षा र स्वास्थ्यकाे लागि के कति वजेट राख्नु भएकाे छ भन्ने प्रश्न गरेका थिए । कार्यक्रममा नवराज सुवेदीले गाैरीगंज खानेपानीमा काम गर्दै अाएकाे तर पारिश्रमिक बापत २ लाख ९४ हजार रूपैयाँ नपाएकाे गुनासाे गरे । स्थानिय निलहरी काफ्लेले
गाउँपालिकाले सुकुम्बासी र महिला समिति, अादिवासी जनजाति समिति नबनाएकाेमा गुनासाे सुनाए । उनले विद्यालय व्यवस्थापन समितिलाई विघटन गरेर किन अाफैले अधिकार लिनु भयाे ? कति जना टिनकाे छानाबाट लाभान्वित भयाे ? यसपालि याेजना छनाैट पनि भएन किन ? भन्दै वडा अध्यक्ष महताेलाई प्रश्न गरेका थिए । स्थानिय यादव रिजालले उपभोक्ता समितिले सम्पन्न गरेकाे कामकाे पैसा लिन किन दुःख पाउँछन् ? भन्ने प्रश्न गरेका थिए । स्थानिय दिपेन्द्र कार्कीले भुस्याहा कुकुरकाे व्यवस्थापन किन भएन ? युवा स्वराेजगार, पसल भाडा धराैटी, सडक वत्तीकाे व्यवस्थापनलगायतकाे विषयमा जिज्ञासा राखेका थिए । स्थानीयवासीले राखेका जिज्ञासा र प्रश्नको जवाफ वार्ड अध्यक्ष मखना महताे र सचिव अजय साहले दिएका थिए । हिमशिखर टेलिभिजनकाे प्राविधिक सहयाेगमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहाल, अधिकृत विरेन्द्र खड्का, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, हिम शिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारी, काेचिला न्युजका सम्पादक अात्माराम राजवंशी, गाैरीगंज दर्पणका सम्पादक मदन राजवंशीलगायतकाे सहभमगिता थियाे । कार्यक्रमकाे सञ्चालन हिमशिखर टेलिभिजनका पत्रकार उमानाथ भण्डारीले गरेका थिए । वार्ड नं. ३ ले हरेक वर्ष सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै अाएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ३२ बजे