१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भुतपुर्व विद्यार्थी समाज बालकल्याण माविले पुर्व कर्मचारी र प्रअहरूलाई गर्याे नगद रकमसहित सम्मान, सशक्त नारी सम्मानलाई निरन्तरता दिईने


१६ माघ २०७७, शुक्रबार  

0
Shares

 

 

गाैरीगंज १६, माघ / भुतपुर्व विद्यार्थी समाज बालकल्याण मावि गाैरीगंज -१ ले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयका भुतपुर्व प्रअ र कर्मचारीलाई सम्मान गरेकाे छ ।
झापाकाे चर्चित पर्यटकिय स्थल दाेमुखामा भुतपुर्व विद्यार्थी पुनर्मिलन सम्मान तथा वनभाेज कार्यक्रममा समाजले २०३८ सालदेखि विद्यालयमा अनवरत सेवा पुर्याउदै अाएका कर्मचारी बाजे भिमप्रसाद खनाल  नगद ५ हजार रूपैयाँ र सम्मानपत्रसहित दाेसल्लाह ओढाएर सम्मान गरेकाे छ । उनलाई गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपिन्द्र थापा, संस्थाका अध्यक्ष विष्णु पाैडेल, वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले अविर लगाएर स-सम्मान मायाकाे चिनाे स्वरूप नेपाली टाेपी लगाएर सम्मान गरेकाे हाे ।

सम्मानित भएका प्रअहरू

भुतपुर्व विद्यार्थी समाज बालकल्याण माविले विद्यालय र विद्यार्थीलाई हित र उन्नतिमा विशेष याेगदान पुर्याए बापत उनीसहित विद्यालयका ५ जना भुतपुर्व प्रधानाध्यापकलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेकाे थियाे । सम्मानित हुने प्रधानाध्यापकहरूमा जयलाल राजवंशी,नारायण बहादुर कार्की, भाेला प्रसाद खतिवडा, देवीप्रसाद बराल, अच्युत नेपाल थिए । त्यसैगरी संस्थाले २०६१ सालमा माेटरसाईकलमा दुर्घटना भएका विद्यालयका भुतपुर्व शिक्षक माेहनप्रसाद अाेलीकि श्रीमती सीता ओलीलाई सशक्त नारी सम्मानले सम्मानित गरेकाे थियाे भने ८ जना भुतपुर्व विद्यार्थीलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

सम्मानित सीता ओली


गाैरीगंज गाउँपालिका वार्ड नं. १, कुञ्जिवारीमा वि.सं. २०१७ सालमा स्थापना भएकाे बालकल्याण माविमा एसएलसी दिने दाेस्राे ब्याचका ३ जान भुतपुर्व विद्यार्थीले छात्रवृत्ति अक्षयकाेष स्थापना गर्ने घाेषणा गरेका छन् ।
बालकल्याण माविबाट एसएलसी दिने दाेस्राे ब्याचका प्याब्सन सुनसरीका अध्यक्ष तथा विद्यालयका भुतपुर्व विद्यार्थी विष्णु काेईराला, भुतपुर्व विद्यार्थी जमुना राजवंशी र सुशीला निराैलाले ५१ हजार रूपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घाेषणा गरेका हुन् । उत्त अक्षयकोषलाई १ लाख रूपैयाँसम्म पुर्याई त्यसकाे ब्याजबाट वार्षिकरूपमा हुन अाउने रकमबाट विद्यालयका मेधावी तथा जेहेन्दार विद्यार्थीलाई प्राेत्साहनस्वरूप पुरस्कृत गरिने भुतपुर्व विद्यार्थी समाज वालकल्याण माविका अध्यक्ष विष्णु पाैडेलले जानकारी गराएका छन् ।

भुतपुर्व विद्यार्थी समाज बालकल्याण माविका अध्यक्ष विष्णु पाैडेलकाे अध्यक्षतामा भएकाे सम्मान तथा वनभाेज कार्यक्रममा प्रमुख अतिथि दिपिन्द्र थापा,
वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशी, विद्यालयकाे पहिलाे ब्याचबाट कल्याणराज दाहाल,पुर्व शिक्षक चन्द्र बहादुर खड्का,तत्कालिन गाविस उपाध्यक्ष देवेन्द्र राजवंशी, व्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रशुराम काफ्ले , शिक्षा अधिकृत केशवप्रसाद भट्टराई , सुनसरी प्याब्सनका अध्यक्ष विष्णु काेईराला, पत्रकार राजेन्द्र गाैतम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आफ्नाे स्थापनाकाे दाेस्राे वर्षकाे अवसरमा समाजले विद्यालयका पुर्व कर्मचारी र प्रअहरूलाई सम्मान गर्ने कार्यक्रमसहित सशक्त नारी सम्मान कार्यक्रम अायाेजना गरेकाे हाे । सशक्त नारी सम्मान र कर्मचारी सम्मान कार्यक्रमलाई निरन्तरता दिईने समाजका अध्यक्ष पाैडेलले जानकारी गराएका छन् ।


कार्यक्रममा भुतपुर्व विद्यार्थी सदस्यता समेत वितरण गरिएकाे थियाे भने कार्यक्रमलाई सफल बनाउन देश विदेशमा रहनुहुने विद्यालयका भुतपुर्व विद्यार्थीले आर्थिक सहयाेग गरेका थिए ।
भुतपुर्व विद्यार्थी राजन निराैलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन समाजका सचिव भवानी काफ्लेले गरेका थिए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : २२ बजे