१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘ धनन्ञ्य साहलाई साेधपुछका लागि ल्याएका हाैंं’ – प्रमुख जिल्ला अधिकारी तिम्सिना


१२ पुस २०७७, आइतबार  

0
Shares

पुस १२ , गौरीगंज / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएकाे टाेलीले ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साहलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले नागरिकता सम्बन्धि केही साेधपुछ गर्नु पर्ने भन्दै प्रमुख साहलाई हिजाे बेलुका ७ बजे नियन्त्रणमा लिएकाे हाे । उनीसहित कार्यालय सहयाेगी आसिर आलमलाई नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवण कुमार तिम्सिनाले नागरिकता सम्वन्धि केही साेधपुछ गर्नु पर्ने भएकाेले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा बाेलाईएकाे बताए । अहिले यसै भन्न मिल्दैन, छानविन गर्दैछाै , प्रमाण पुगेपछि पत्रकार सम्मेलन गरि जानकारी गराउँछाै’ जिल्ला प्रमुख अधिकारी तिम्सिनाले भने – अहिले पक्राउ चाहिँ नभनिहालाैं ।’

प्रमुख साहले प्रक्रिया  नपुर्याई गैरनागरिकलाई नेपाली नागरिकता बनाई राहदानीका लागि सिफारिस गरिएकाे बुझिएकाे छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ४ : ४७ बजे