४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रतुवा पुल निरीक्षण गर्न भाैतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ आउँदै


२७ मंसिर २०७७, शनिबार  

0
Shares

गाैरीगंज २७, मंसिर / भाैतिक पुर्वाधार तथा यातायात मन्त्रीवसन्त कुमार नेम्बाङ हुलाकी सडक अन्तरगत झापा- माेरङ जाेड्ने रतुवा पुल निरीक्षण गर्न आउने भएका छन् ।
राष्ट्रिय गाैरवकाे आयाेजना हुलाकी सडकमा पर्ने रतुवा पुल निर्माण सम्पन्न भएकाे बर्षाैदेखि सञ्चालनमा नआएपछि प्राविधिक टाेलीसहित मन्त्री नेम्वाङ निरीक्षण गर्न आज दिनकाे करिब ३ बजे आउने भएका हुन् ।
पुल निर्माण सम्बन्धि काम गर्ने कन्सलट्यान्सीहरूले मन्त्री नेम्वाङलाई पुलकाे पुर्वपट्टीकाे भागमा पाया थपेर पुल निर्माण गर्नु पर्ने सुझाएकाे बुझिएकाे छ । तर त्यही खाेलामा करिब ३ किलोमिटर दक्षिण भारतले निर्माण गरेकाे पुल हाल रतुवा पुल भन्दा छाेटाे भएपनि सञ्चालनमा छ ।
स्थानियवासीहरूले अहिलेकै पुलमा दुवैपट्टीबाट तटबन्ध गरि पुल सञ्चालन गर्न सकिने बताएका छन् । रतुवा पुल सञ्चालनमा नअाएपछि आवतजावतमा धेरै कठिनाई भएकाे छ । केही दिन अघि काेचिला न्युज अनलाईनलगायत विभिन्न अनलाईन न्युज पाेर्टल र पत्रिकाहरूले ब्याङ्ग्यात्मकरूपमा रतुवा पुलकाे विषयमा प्राथमिकताका साथ समाचार छापेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ३० बजे