३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले बुझायाे माग पत्र, आराेपितलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्वाहि गर्न माग


१६ कार्तिक २०७७, आइतबार  

0
Shares

 

राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले बुझायाे माग पत्र, आराेपितलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्वाहि गर्न माग

गाैरीगंज १६, कार्तिक / राष्ट्रिय महिला सशक्तिकरण गाैरीगंजले याैन हिंसामा परेका एक महिलालाई न्याय दिन माग गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी बस्ने अन्दाजी वर्ष ४० कि एक महिलालाई जवरजस्ती करणी गरि फरार रहेकाे व्यक्तिलाई पक्राउ गर्न ढिलासुस्ती गरेकाे भन्दै अाज संस्थाले माग पत्र बुझाएकाे छ ।
कार्तिक ८ गते किटानी जाहेरी दिएपनि हालसम्म प्रहरीले पक्राउ नगरेकाेमा अाराेपित अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरियालाई उन्मुत्ति दिन खाेजिएकाे भन्दै संस्थाले माग पत्र बुझाएकाे संस्थाकी अध्यक्ष फुलवती राजवंशीले बताईन् ।
गत असाेज १९ गते कानकाे उपचार गर्न गएकी ती पिडित महिलालाई गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज चाैकमा रहेकाे ताजपुरिया फार्मेसीका संचालक पर्शुराम ताजपुरियाले उपचार गर्ने क्रममा याेनाङ्गमा हात हाली जवरजस्ती करणी गरेकाे किटानी जाहेरीमा उल्लेख छ ।
संस्थाका सल्लाकार संयाेजक वसन्त लक्ष्मी उदासकाे उपस्थितिमा संस्थाकी अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष सर्मिला राजवंशी, सचिव पुष्पलता राजवंशी, सदस्यहरू मिनादेवी पासवान, नाैताली राजवंशी, रेखादेवी गिरी, गिता कुमारी शर्मा, तिला मुर्मु, सरस्वती बाबाजी, सुकमाया सुवेदी, मेनुका ताजपुरिया लगायत २५ जना भन्दा बढी महिलाहरूले संयुक्तरूपमा माग पत्र बुझाएका थिए । ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक राकेश रेग्मी कार्यालयकाे काम विशेषले बाहिर गएका हुनाले कार्यालयका मुद्वा फाँटका प्रहरी नायव निरिक्षक दिपेश राजवंशीलाई माग पत्र बुझाईएकाे थियाे ।
उजुरी फिर्ता लिन पिडित महिलालाई विभिन्न व्यक्तिबाट दबाब अाएकाे बुझिएकाे छ । स्थानिय अगुवाहरूले घटनालाई ढाकछाेप गर्न गाेप्य छलफल र वैठक समेत बसेकाे बताईन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : २८ बजे