१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीनदिनदेखि खानेपानी अवरूद्व हुदाँ गाैरीगंजका उपभोक्तालाई सास्ती


१२ आश्विन २०७७, सोमबार  

0
Shares

गाैरीगंज १२, असाेज / गाैरीगंज खानेपानीबाट वितरण हुँदै आएकाे शुद्व खानेपानी तीनदिन देखि अवरूद्व छ ।

गाैरीगंज खानेपानीकाे कार्यालय अगाडीकाे मुल गेटमा रहेकाे मुख्य पाईपकाे ज्वाईन फुट्दा खानेपानीकाे वितरण अवरूद्व भएकाे हाे । गाैरीगंज क्षेत्रका करिब ४ सय उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् । 
खानेपानी वितरण तीनदिनदेखि अवरूद्व हुदाँ समेत गाैरीगंज खानेपानी उपभोक्ता समितिले आधिकारी सुचना प्रकाशित गरेकाे छैन । जसबाट आम उपभोक्ता मारमा परेका छन् ।
खानेपानी कार्यालयकाे मुल गेटमा मुख्य पाईपकाे ज्वाईन जडान गर्नेक्रममा ठुलाे खाल्टाे भएकाेले समस्या आएकाे गाैरीगंज खानेपानी उपभोक्ता समितिका सचिव गंगा राजवंशीले बताए । खानेपानीकाे पाईप आज बेलुका सम्म बनाईसक्ने र उपभोक्तालाई खानेपानी वितरण गर्ने याेजना रहेकाे सचिव राजवंशीले जानकारी गराएका छन् ।


यसअघि पनि खानेपानी वितरणमा कुनै समस्या आए उपभोक्तालाई समितिद्वारा जानकारी अर्थात सुचना जारी गर्ने गरेकाे देखिदैन । गाैरीगंज खानेपानी उपभोक्ता समितिका सचिव गंगा राजवंशीले समितिसंग उपभोक्ता सबैकाे फाेन नम्बर रेकर्ड भए पनि सुचना गर्न नसकेकाे स्विकार्दै अब देखि यस विषयमा ध्यान दिने बताए ।

पिउने पानीकाे व्यवस्थापनकाे अन्य विकल्प नराखेका गाैरीगंजका धेरैजसाे सरकारी कार्यालयहरू गाैरीगंज खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएकाे खानेपानी कै भरमा छन् । तीनदिन देखि खानेपानी अवरूद्व हुदाँ सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीसहित कर्मचारीहरूलाई पनि समस्या भएकाे छ । पिउने पानी त कता हाे कता ? कार्यालयहरूमा रहेकाे बाथरूप र ट्वाईलेटमा समेत दुईदिनदेखि पानी छैन् सरकारी कार्यालयका एक कर्मचारीले भने -‘ कहिले सम्म याे समस्या रहने हाे थाहा छैन ।’

 

 

 

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : १९ बजे