२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने


२५ भदौ २०७७, बिहिबार  

0
Shares

काठमाडौं २५, भदाै/ आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने भएको छ।

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ललितपुरले बिहिबार सूचना जारी गर्दै आइतबारदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको हो।

त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित गरेको उल्लेख गरिएको छ।

त्यस्तै, गत भदौ ८ गते कार्यालयले सूचना जारी गर्दै बन्दाबन्दीका कारण नवीकरण गर्न नपाएकाहरुलाई भदौ मसान्तसम्म नवीकरण गर्दा लकडाउन र निषेधाज्ञाको अवधिमा लाइसेन्स म्याद सकिएकाहरुलाई जरीमाना नलाग्ने जनाएको थियो।

 

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १ : ४० बजे