६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गाैरादहमा संचार क्लब गठन , अध्यक्षमा सुदिप अधिकारी


२२ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरादह २२, भदाै / झापाको गौरादह नगरपालिका भित्र रहेका बिभिन्न सन्चार संस्थामा आबद्व पत्रकारहरु संगठित भएका छन् ।

वडा नं १ को सभाहलमा भएको कार्यक्रममा सञ्चार क्लब गौरादह गठन गरी पत्रकारहरुको छाता संगठन गठन गरेका हुन् । नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सन्तोष बिष्ट, सचिवमा सान नेपाल, सह सचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा शान्ति सुब्बा रहेका छन् ।उक्त भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सोहि भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का, दिनेश दंगाल, युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ । नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक, हित र संरक्षणका बिषयमा काम गर्ने बताइएको छ । समितिले संस्थाको दर्ता प्रक्रियाका साथै आवश्यक पर्ने काम गर्ने जनाईएको छ ।

भेला पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनलाइन बिचारका प्रकाशक सम्पादक डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । ओमकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्का र बैकल्पिक खबर डटकमका प्रकाशक सम्पादक दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन ओमकार टाइम्सका सम्पादक सान नेपालले गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १२ : २५ बजे