१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजाकाे अपिल


८ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरीगंज ८, भदाै / नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको छ ।

समुदायमा कोरोना देखिए पछि झापाको गाैरीगंज गाउँपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आवश्यक स्वास्थ सावधानी अपनाई गाउँपालिकाले जारी गरेकाे निषेधाज्ञा पालना गर्न गाउँबासीमा अपिल गरेका हुन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा एक जना ३० बर्षिय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजारमा त्रास बढेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पीसीआार परिक्षणका लागि स्वाव दिईसकेका व्यवसायी तथा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किई घर मै आईसाेलेसनमा बस्न अाग्रह गरेका छन् ।

गाउँपालिकाले समुदायस्तरमा काेराेना संक्रमण भेटिएपछि सुरक्षाकर्मीसहित २८५ जनाकाे कन्ट्याक्ट् ट्रेसिङ्गका आधारमा पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिसकेकाे अध्यक्ष श्रेष्ठले बताए ।

झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने दकमका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : २५ बजे