१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा कोरोना रोकथाम तथा नियन्त्रणमा १ करोड ७ लाख ४३ हजार खर्च


११ श्रावण २०७७, आइतबार  

0
Shares

photo1

गौरीगंज ११, साउन  / कोरोना रोकथाम तथा नियन्त्रणका लागि गौरीगंज गाउँपालिकाले १ करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च भएको हिसावकिताव सार्वजनिक गरेको छ ।

गाउँपालिकाले सुचना प्रसारण, सार्वजनिक स्थलमा हात धुने स्थानको निर्माण, वडावासीहरुलाई मास्क र सावुन वितरण, सुरक्षाकर्मीलाई साइकल, चामल,तेल र दाल खरिद, राहत सामग्री वितरण गाडि भाडा तथा प्याकेजिङ्ग, स्वास्थ्य संस्था मार्फत आकस्मिक रुपमा गरिएको खर्च, राती बस्दाको खाना तथा खाजामसमेत, बजार स्वंयसेवक खर्च, सुरक्षाकर्मी व्यवस्थापन खर्च, एम्बुलेन्स सम्बन्धि खर्च, क्वारेन्टाइन स्थल स्वयंसेवक पारिश्रमिक खर्च, गाडी भाडा नाकाबाट क्मवारेन्टाइनसम्म ल्याउँदा र क्वारेन्टाइनबाट अस्पतालसम्म लैजादा लागेको खर्च शिर्षकमा खर्च गरेको छ । यो खर्च  आर्थिक वर्ष २०७६/ ७७ असार मसान्तसम्मको बताइएको छ ।

गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न दाता तथा संघसंस्थाहरुले राहत सामग्रीसहित नगद सहयोग गरेको थियो । विभिन्न  योजनाबाट रकमान्तर भएको ४२ लाख रुपैयाँसहित नगद ९० लाख ८५ हजार ५ सय ७६ रुपैयाँ गाउँपालिकाको विपत्त व्यवस्थापन कोषमा जम्मा भएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ४८ बजे