१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विहिवारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने


५ श्रावण २०७७, सोमबार  

0
Shares

20200720_210314

काठमाडौं ५, साउन / आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन्।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो।

यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ।

कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ।

यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने
सहमति भएको छ।

सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुने छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसअघि मौद्रिक नीतिले धेरै हदसम्म व्यवसायीका माग सम्वोधन गरेको र केही माग विभागले सम्वोधन गर्नका लागि पहल गर्ने सहमति भएको बताए।

‘बैंकको किस्ता, ब्याज, संचालनका लागि आवश्यक कर्जाका विषय यसअघि नै मौद्रिक नीतिमा आइसकेका छन्’ उनले भने ‘बीमा लगायत अन्य मागमा विभागले सम्वोधन गर्न सहजीकरण गर्ने भएको छ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले मास्क, सेनिटाइजरजस्ता आवश्यक सामग्रीको व्यवस्थापन गर्न आफूहरु पनि सक्षम रहेको बताए। सेताेपाटीबाट

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : २६ बजे