१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुवै देशका प्रहरी प्रमुखबीच घटना स्थलमै सहमति, चाैपाया रातारात तस्करी हुँदै


४ श्रावण २०७७, आइतबार  

0
Shares

20200719_123704
गाैरीगंज ४, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित सीमावर्ती क्षेत्र डाँगीटाेला मल्हाटाेलीमा गएराती ( शनिवार राती) भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण भएकाे घटनालाई लिएर नेपाल र भारतका जिल्ला स्तरिय प्रहरी प्रमुखहरूबीच छलफल भएकाे छ ।
झापाका सशस्त्र प्रहरी प्रमुख रेशम कुमार थक्सु र भारत किशनगंज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच आ – आफ्नाे देशका नागरिकहरूलाई लकडाउन अवधि भरी सीमा नाकामा वारपार गर्न नदिने, लकडाउनकाे पुर्ण पालना गराउने, सीमावर्ती क्षेत्रमा प्रहरीकाे गस्ती कडाई गर्ने र सीमा क्षेत्रका नागरिकहरूलाई सचेतना कार्यक्रम गराउने सहमति भएकाे छ ।
दुवै देशका जिल्ला स्तरिय प्रहरी प्रमुखहरू आज घटना स्थलमा पुगेर अनुगमन गरि दुवै पक्षबीच मैत्रीपुर्ण वातावरणमा त्यस्ताे सहमति भएकाे हाे ।

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ डाँगीटाेला स्थित पिलर नं. १५२ काे करिब ३ सय मिटर पुर्वमा रहेकाे अस्थायी सशस्त्र प्रहरी पाेष्टमाथि लगभग ४०/५० जनाकाे भारतीय तस्कर समुहले घरेलु हातहतियारसहित करिव ९.१५ बजे आक्रमण गरेकाे थियाे ।
भाला, खुकुरी, रड, दाउलगायतकाे घरेलु हातहतियारसहित अाएका भारतीयहरूले त्यहाँ स्थापना गरिएकाे सशस्त्रको अस्थायी पाेस्टमाथि अाक्रमण गरेपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरी ४ राउण्ड हवाई फायर गरेकाे सीमा सशस्त्र प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।

झडपका क्रममा दुइ जना शस्त्र प्रहरी जवान सामान्य घाइते भएको छ । शरीरमा चाेटपटक लागेकाे र शरिरमा नीलडाम समेत रहेकाे बताईएकाे छ ।
हवाइ फायर पछी तितरबितर भएका भारतीयहरु भारततर्फ नै भागेको प्रहरीले जनाएकाे छ ।

तस्करहरूले नेपालतर्फबाट विगत केहि दिन यता विभिन्न नाकाकाे प्रयाेग गरेर गाेरू र मदिरा पदार्थ भारततर्फ  रातकाे समयमा तस्करी गरिरहेकाे स्थानियहरूले बताए ।
त्यसैगरी तस्करहरूले खैनी र रासायनिक मललगायतका सामानहरू भारततर्फबाट ओसारपाेसार गरिरहेकाे जनाईएकाे छ ।
मालसमान लान नपाएकाे झाेकमा तस्करहरूले प्रहरीमाथि आक्रमण गरेकाे बताईएकाे छ । लामाेसमयसम्म लडडाउनका कारण सिमाक्षेत्रमा प्रहरीकाे गस्तीमा कडाई गरिए पनि पछिल्लाे समयमा प्रहरीकै मिलेमताेमा खैनी, चाैपाया, मदिरा पदार्थ ,रसायनिक मल, खाद्यान्नलगायतका सामानहरू ओसार पसार भईरहेकाे स्थानियकाे आराेप छ ।

तस्करहरूले खेत विगारेेेेेकाे क्षतिपूर्ति दिए
गत असार ३१ गते राति करिब १२ बजे तस्करहरूले १४ वटा गाेरू ( चाैपाया) धान राेपाई गरेकाे खेतैखेत भारततर्फ लगेका थिए । भारततर्फ लगिएकाे चाैपायमध्ये १ वटा हिड्न नसकेेेर खेतमै ढलेपछि त्यस्काे रहस्य खुलेकाे थियाे ।
तस्करहरूले राेपाई गरेकाे खेत विगार गरेपछि कृषकहरूले त्यसकाे क्षतिपूर्तिका लागि स्थानीय वडा नं. ६ काे कार्यालयमा निवेदन दिन खाेजेका थिए । तर जनप्रतिनिधिहरूकाे राेहवरमा कृषकलाई क्षतिपूर्ति स्वरूप विगार गरेकाे खेतमा पुन: राेपाई गरिदिने सहमति भएपछि कृषकहरू निवेदन दिनबाट पछि हटेका थिए ।
सिमावर्ती स्थानियहरूका अनुसार रातकाे समयमा नेपालबाट चाैपायाा र मदिरा पदार्थ तथा भारततर्फबाट माछा, रसायनिक मल, खैनी, कपडा, खाद्यान्न सामान तस्करी हुँदै आएकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ४८ बजे