१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह नगरपालिका वार्ड नं. ३ काे कार्यालय उद्वघाटन


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

20200717_143946
गौरादह २, साउन / गौरादह नगरपालिका वडा नं. ३ को भवनको शुक्रबार(आज)उद्घाटन गरिएको छ । संविधान सभा सदस्य दिपक कार्की र गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले संयुक्त रुपमा नयाँ भवनको उदघाटन  गर्नु भएको हो ।

गौरादह नगरपालिकाको वडा नं.३ स्थित धोबिनियामा ६ कठ्ठा जग्गामा सात वटा कोठा भएको एक तले भवन निर्माण कार्यका लागि १ करोड ११ लाख ३० हजार लागतमा निर्माण कार्य सम्पन्न भएको वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०७५ चैत ९ गते शिलान्यास भएको सो भवनको निर्माण तोकिएको समयमा नै सम्पन्न भएको जनाइएको छ ।

भवन निर्माण कार्यका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरु गौरादह नगरपालिका-३ का स्थानियबासी उमानाथ सिग्देलको परिवारका तर्फबाट साढे ३ कठ्ठा, विष्णु राईले २ कठ्ठा र लिला कार्कीले १० धुर जग्गा उपलब्ध गराएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

भवन निर्माण कार्यका लागि प्रदेश सरकारका तर्फबाट २५ लाख र गौरादह नगरपालिकाका तर्फबाट ८६ लाख ३० हजार वजेट प्राप्त भएको वडा नं. ३ का वडाध्यक्ष घिमिरेले बताउनुभयो ।

संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा नगरप्रमुख रोहित कुमार शाहले कोभिड-१९ को संक्रमण फैलिन नदिनका लागि नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्दै कामहरु गर्न नगरबासीसँग आग्रह गर्नुभयो  ।

वडाको सम्पूर्ण कार्य आजदेखि नयाँ भवनबाट नै सञ्चालन गरिने वडाध्यक्ष घिमिरेले बताउनु भयो । यसअघि वडा कार्यालयले भाँडाको घरमा कार्य सञ्चालन गर्र्दै आएको थियो । भाँडाको घरबाट सेवाग्राहीको कार्य सञ्चालन गर्न समस्या उत्पन्न भएपछि जग्गादाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिएको हो ।

९ वटा वडा रहेको नगरपालिकामा वडा नं. १, ३, ५, ६ र ७ को आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन भने, वडा नं. २, ४, ८ र ९ को वडा कार्यालय निर्माणाधिन अवस्थामा रहेको वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ५७ बजे