गौरीगंज २२, असार / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले लघुवित्त कार्यक्रम अन्तर्गत समुहकी एक सदस्यलाई आज बिमा रकम हस्तान्तरण गरेको छ ।
केन्द्रले लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित समुह नम्बर १६३ की गौरादह नगरपालिका वार्ड नं. ८ बस्ने बिमला बजगाईलाई ९ हजार रुपैयाँ बिमा रकम वापत हस्तान्तरण गरेको हो । उनले पालन गरेको बाख्रा लकडाउन अघि मरेपछि साकोसले बिमा वापतको रकम समुहकी सदस्यलाई उपलब्ध गराएको हो । उनले बाख्राको १० हजारको बिमा गराएका थिए । साकोस सेवा केन्द्र गौरीगंजका प्रमुख धर्मराज अधिकारी र साकोसका पशु प्राविधिक संजित यादवले
संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
२२ असार २०७७, सोमबार
0
Shares