१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज १ का सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन


१ असार २०७७, सोमबार  

0
Shares

20200615_200001

गाैरीगंज १, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा रहेका सामुदायिक विद्यालयहरूमा तदर्थ विद्यालय व्यवस्थापन समिति आज गठन भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीकाे संयाेजकत्वमा वालकल्याण मा.वि., पृथ्वीनारायण प्रा.वि र इन्द्रेणी प्रा.वि.मा तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएकाे हाे ।

गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा बसेकाे बैठकले म्याद सकिएका विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयकाे दैनिक कामकाजमा असहज परिस्थिति उत्पन्न भएपछि शिक्षा समितिले
संयाेजकमा सम्वन्धित वार्डका अध्यक्ष रहने, सम्वन्धित वार्ड कै वडा सदस्यहरूमध्ये एक जना सदस्य, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा सदस्यहरू मध्येबाट एक जना , सम्वन्धित विद्यालयका शिक्षकहरू मध्येबाट एक जना शिक्षक प्रतिनिधि र सम्बन्धित विद्यालयका प्रअ सदस्य सचिव रहने निर्णय बमाेजिम उत्त विद्यालयहरूमा तदर्थ व्यवस्थापन समिति गठन भएकाे हाे ।

वालकल्याण माविकाे व्यवस्थापन समितिकाे सदस्यहरूमा जङ्ग बहादुर राजवंशी , युवराज खतिवडा, भीम प्रसाद राजवंशी र सदस्य सचिवमा भिमप्रसाद काेईराला रहेका छन् ।
त्यसैगरी ईन्द्रेणी प्राविमा सदस्यहरूमा साेम साेरेन, डम्बर कुमारी खतिवडा, टंक श्रेष्ठ र सदस्य सचिवमा शिवकुमार मैनाली, र पृथ्वीनारायण प्राविमा सदस्यहरूमा विष्णुप्रसाद राजवंशी, विमला देवी रिमाल, राजभक्त सुनुवार र सदस्य सचिवमा सत्यनारायण राजवंशी रहेकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् ।

शिक्षा समितिले काेराेनाकाे फैलिदाे संक्रमणका कारण विद्यालय बन्द रहेकाे हुनाले म्याद सकिएका विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिएकाे बताउदै विद्यालयहरूमा वार्ड अध्यक्षकाे संयाेजकत्वमा तर्दथ समिति १५ दिन भित्र गठन गर्न भने अनुसार तदर्थ समिति गठन भएकाे वार्ड सचिव भाेजकुमार अधिकारीले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ०९ बजे