१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री रोजगार कार्यक्रममा युवालाई तटवन्ध र वाटो निर्माणमा लगाइदै


१ असार २०७७, सोमबार  

0
Shares

bato
गौरीगंज १, असार / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई गौरीगंज गाउँपालिकामा तटवन्ध र बाटो निर्माण कार्यमा खटाइने भएको छ ।गौरीगंज गाउँपालिकाले रोजगारीका लागि आवेदन दिएका युवाहरुलाई वार्ड नं. १, २ र ५ मा नदीमा तटवन्ध र वार्ड नं. ३, ४ र ६ मा बाटो निर्माण कार्यमा खटाइने भएको हो ।
प्रधानमन्त्री रोजगारका लागि गाउँपालिकामा २२ लाख ८१ हजार रुपैयाँ वजेट आएको रोजगार संयोजक वेगम राईले बताइन् ।
गौरीगंज गाउँपालिकाको वार्ड नं. १ मा २० जनालाई १८ दिन, ३ मा २० जनालाई २६ दिन, ४ मा २६ जनालाई २० दिन, ५ मा २८ जनालाई १५ दिन, ६ मा २० जनालाई १३ दिन काम लगाइने संयोजक राईले जानकारी गराइन् । यो वाहेक वार्ड नं २ मा २० दिन काम लगाइने भनिए पनि कति जनालाई काममा लगाइने टुंगो लागि नसकिएको जनाइएको छ ।
वार्ड नं. १ मा नदी तटवन्धका लागि ६४ हजार रुपैयाँको बोरा , १३ हजार रुपैयाँको बाँस र १ लाख ८६ हजार १ सय २० रुपैयाँ ज्यालाको लागि इस्टिमेट गरिएको छ । त्यसैगरी वार्ड नं. ३ मा बाटो निर्माणका लागि ज्याला २ लाख ६८ हजार ८ सय ४० रुपैयाँ, वार्ड नं. ४मा २ लाख ६८ हजार ८ सय ४० रुपैयाँ, वार्ड नं. ६ मा २ लाख १२ हजार ३ सय ६६ रुपैयाँ ज्यालामा र वार्ड नं. ५ मा नदी तटवन्धमा २ लाख १७ हजार १ सय रुपैयाँ ज्याला, ५१ हजार ७ सय बाँस र बोरा खरिदमा बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ४४ बजे