गौरीगंज २७, जेठ /रुकुम घटनाको निष्पक्ष छानबिनका लागि खबरदारी गर्न बुधबार गाैरीगंज गाउँपालिका स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरिएकाे छ।
गौरीगंज गाउँपालिका भित्र रहेका दलित समुदायहरुकाे भेलाले सुनिता पासवानकाे अध्यक्षतामा २४ सदस्यीय गाउँपालिकास्तरीय संघर्ष समिति गठन गरेकाे छ।
समितिकाे उपाध्यक्षमा नारायण दर्नाल , सचिबमा प्रविण विश्कर्मा रहेका छन्। घटनाका दाेषीलाई कार्वाही गरि उचित न्याय दिलाउदै पिडितलाई क्षतिपुर्ति दिनु पर्ने बक्ताहरुले माग राखेका छन्।
नेकपा जिल्ला कमिटि सदस्य तथा मुक्ति समाज केन्द्रीय सल्लाहकार सदस्य श्याम लुहागुनकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा दलित एकता संजाल मञ्च झापाका सचिव सुशील बराईली, गौरादह नगर मुक्ति समाज अध्यक्ष सूर्य गजमेरलगायतले गत जेठ १० गते रुकुमको चौरजहारीमा नवराज बि.क. सहित ६ जनामा भएकाे घटनाकाे सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका थिए । घटनाका दाेषीलाई कार्वाही हुनुपर्ने र पिडितलाई न्याय दिनुपर्ने धारणा राखेका थिए ।