३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

झापामा नेस्ट ब्लास्टको प्रभाव


२५ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200607_062829

पुष्प आर.जे.

पुर्बी नेपालको झापा जिल्ला धानबालीमा अब्बल मानिन्छ। यहाँ उत्पादन हुने धानले देशकै ठुलो हिस्सा ओगटेको छ। बाली पाक्ने समयमा धानबालीमा विभिन्न समस्याले कृषक दु:ख पाउँने गर्दछन्। पारम्परिक खेती र बिज्ञको अभावमा रोग पहिचान गर्न र निवारणमा समस्या देखिएको छ। आफुखुसी बिषादिहरु प्रयोग गरेर नभएपछि मात्र कृषक बिज्ञसंग सल्लाह लिन जाने गरेको पाईन्छ।

“नेस्ट ब्लास्ट” पछिल्लो पटक बर्खे धानमा देखा परेको रोग हो। सुरुमा कुनै धान मिसिएको जस्तै लाग्ने। चाडैं पाके जस्तो भई सुक्ने गर्दछ। भनौ हेर्दा केही देखिदैन तर धान पसाएपछि बालामा चामल नलागि सुक्ने गर्दछ। त्यसैले गर्दा पनि सुरुमा कृषकले थाहा पाउँदैनन्। यसले धानको डाठमा आक्रमण गर्दछ। हेर्दा गवारो प्रकृतिको रहेको छ।

यसरी रोग सुरुमै किसानले थाहा नपाउँदा बालिमा धेरै असर परिसकेको हुन्छ। यो सरुवा रोग भएकोले केही दिनमै धानबालीलाई सखाप पार्ने गर्दछ। सरुवा रोग भएकोले संगै रोपेका अन्य वरपरका धानबालीमा पनि असर गर्ने गर्दछ। यसरी ज्ञानको अभावमा धानबालीमा ठुलो क्षति पुगिसकेको हुन्छ।

यस रोगबारे झापा कृषि ज्ञान केन्द्र प्रमुख निलकमल सिंह भन्नुहुन्छ- ‘यसपालि झापामा १९,८०० हेक्टरमा खेती भएकोमा १००० बिघा माथि यो रोग देखापरेको छ। झापामा धान खेती बिशेष गरी कन्काई नहर करिडाेर वरिपरि भएको छ। यो रोग अघिल्ला बर्षहरुमा पनि देखिएको थियोे। यसपाली भने मौसम परिवर्तनले गर्दा बढी देखिएको बताउँनुहुन्छ। धानको लागि चाहिने आवश्यक तापक्रम २५°-३०° डिग्री यसपाली नभएकोले यसको प्रकोप बढी देखिएको बताउँनुहुन्छ सिंह। अहिले प्रकोप देखिएको ठाउँको तथ्यांक लिने र प्रदेश सरकारमा पठाउँने कार्य भएको बताउँनुहुन्छ। क्षतिपूर्तिबारे अहिले केही भन्न नसक्ने बताउँनु हुन्छ सिंह।

गौरादह कृषि शाखा प्रमुख सनिता राई यस रोग बारे भन्नुहुन्छ – ‘ मौसम परिवर्तनको प्रभाव, ढुसिको प्रभाव, नाईट्रोजनको प्रभाव र बढी पानी जम्ने खेतमा यस्तो रोग देखा पर्ने गर्दछ। साथै बिउमा उपचारको कमीले गर्दा पनि यो रोग देखा पर्ने गर्दछ। कुखुराको सुलि नकुहाई प्रयोग गर्नाले। खेतमा लगातार खेती गर्ने(खेत बाझो नराख्ने) र आलु,तोरी रोपिएको ठाउँमा यस्तो रोग बढी प्रकोप भेटिएको छ।

बीउ उपचारबाट खेती गर्ने। जमिनको उपचार, सिफारिस गरिएको रसायनिक मल मिलाएर छर्ने। दबाई सही मात्रमा उपयोग गर्न जरुरी छ। साथै यस्ता रोग देखिएको धानबाली वरपर राखिएको बिउँको पातको टुप्पा डढेको देखिन्छ। यदि यस्तो देखिएमा बिउ उम्रेको १५/२० दिन भित्र बेबिस्टिन, बजारमा पाईन साफ, ट्रिप मात्र मिलाएर छर्ने सल्लाह दिनुहुन्छ। कहिलेकाही कृषकहरूले आफ्नो खुशी दबाई छर्दा बीउ मर्ने गरेको देखिन्छ। यसरी दबाई कृषि बिज्ञको सल्लाहमा छर्न जरुरी छ।

यसपाली धानमा “नेस्ट ब्लास्टको”प्रकोप संगै उत्पादन कमी आउँने पक्का छ। कति कृषकले सुकेको धानमा माथिबाट पराल छरी आगो लाउँने गरेका छन्। ठुला – ठुला नारा मात्र हैन अब यसबाट कृषिमा पर्न गएको हानीलाई सरकारले क्षतिपूर्ति दिन आवश्यक देखिन्छ। नभए चैते धानबाट किसान बिभुख हुने अवस्था देखिन्छ। यसबारे राज्यले बेलैमा सोच्न जरुरी छ। साथै यसमा स्थानिय निकायको भुमिका महत्त्वपूर्ण रहन्छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १२ : ५६ बजे