१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेचीनगरमा अस्थायी प्रहरी पाेष्टकाे स्थालगत अनुगमन


१९ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200501_221523
काँकरभिट्टा १९ , बैशाख / प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिकाक्षेत्रभित्रका क्वारेन्टाइन उनीहरुकोे अवस्था र सीमाक्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगमनसहित त्यो बारेमा जानकारी लिएको छ ।

समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा रहेको सुरक्षा निकायका उच्च अधिकारी सहभागि टोलीले नगरपालिकाले मेचीनगर—८ स्थित आदर्श माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याएको विशेष क्वारेन्टाइनको स्थलगत अवलोकन गरी सो वारेमा जानकारी लिएको थियो ।

मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विशेष कवारेन्टाइन सञ्चालनमा ल्याउनुपर्ने कारणका बारेमा टोलीलाई जानकारी गराउनुभएको थियो । उहाँले कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको अनुगमन टोलीलाई जानकारी गराउनुभयो । उक्त क्वारेन्टाइनमा झापासहित मोेरङ, इलाम र सुनसरीका ५ दर्जन बढी लागूऔषध प्रयोगकर्तालाई राखिएकोे समेत जानकारी गराउनुभयो ।

पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीको भनाई थियो ।

अनुगमन टोलीलाई क्वारेन्टाइनका बारेमा जानकारी दिदैं सुरक्षाकालागि खटिनु भएका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाले सामाजिक दुरी कायम गरेर उनीहरुलाई राखिएको बताउनुभयो । शुरुमा लागूऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा राख्न ल्याउँदा उसको शरीरभरि स्प्रे गर्ने, सावुन पानीले राम्ररी हात धुन लगाउने तथा सेनीटाइजर प्रयोग गरेरमात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रहरी नायव निरीक्षक सापकोटाले टोलीलाई जानकारी दिनुभयो । प्रहरी नायव निरीक्षक सापकोटाको कमाण्डमा नौजना सुरक्षाकर्मी २४ सै घण्टा क्वारेन्टाइन सुरक्षार्थ खटिने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार लागूऔषध प्रयोग गरेको सूूचना पाए वा प्र्रहरीलाई शंका लागे घररेबाटै नियन्त्रणमा लिने गरिरएको छ । यसका लागि मेचीनगर नगरपालिकाकातर्फबाट एउटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ । कहि कतैबाट सूचना प्राप्त भए प्रहरीको गाडी र एम्बुलेन्ससँगै जाने गरेका छन् । प्रहरीले पक्राउ गर्छ र एम्बुलेन्समा हालेर क्वारेन्टाइनसम्म पुर्याउने टोलीलाई जानकारी गराउनुभयो । उनीहरुलाई क्वारेन्टाइनमा राखेर विभिन्न रचनात्मक काम सिकाउने नवयात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीम लुईटेल क्षेत्रीले अनुगमन टोलीलाई बताउनुभयो ।

यसैगरी टोलीले झापाको मेचीनगर र इलामको रोङ गाउपालिकाको उत्तरीसिमाक्षेत्र भद्रपुर नगरपालिकासँग सीमा जोडिएको दक्षिणक्षेत्रसम्मको ४४ किलो मिटरमा खडा गरिएका अस्थायी प्रहरी पोस्टका बारेमा समेत स्थलगत निरीक्षण गदैं त्यसका बारेमा जानकारी लिएको थियो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियनत्रणका लागि नेपाल सरकारले घोष्णा गरेको लकडाउनका अवधिमा खुला सीमाका कारण अबैधरुपमा मानिसको आवतजावत नहोस भन्ने उद्घेश्यले सीमाक्षेत्रमा सशस्त्र प्रहरीका २५ वटा अस्थायी पोष्ट खडा गरिएको छ । त्यति नै संख्यामा नेपाल प्रहरीको पनि पोष्ट रहेको कतिमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोली बस्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले अनुगमन टोलीलाई जानकारी गराउनुभयो ।

हरेक पोष्टमा बस्नको लागि आवास, खाना, विद्युत, पिउने पानीसहित सञ्चारको समस्या रहेको टोलीलाई अवगत गराइएको थियो । प्रहरीको उपस्थिती भएपछि आपारधिक घटनामा कमि तथा खुला सीमानाका कारण मानिसले अनावश्यकरुपमा आवतजावत गर्ने क्रम घटेपनि पानी र हावाहुण्डरीका कारण सुरक्षाकर्मीले निक्कै कष्टकर जीवन विताउनुपरेको टोलीलाई जानकारी गराइएको थियो । सशस्त्र प्रहरीको अस्थायी पोष्टमा सिनियर र जुनियर अधिकृतको कमाण्ड रहने प्रहरीले जनाएको छ ।

अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सवै पालिकासँग सहकार्य र समन्वय गरी विशेष क्वारेनटाइन र अस्थायी प्रहरी पोष्टको समस्या समाधानका लागि दिर्घकालिन उपाय खोज्ने आश्वसन दिनुभयो । प्रमुख पोर्तेलले अहिले हामी सवैको मुख्य दायित्व भनेकै विश्वमा अहिले आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिनु र त्यसको नियन्त्रण गर्नुनै भएकाले प्रत्येक झापावासी जिममेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अनुगमनका क्रममा देखिएका हरेक समाधानका लागि आफुले तीनै तहका सरकारसँग छलफल गर्ने र चाडै समाधानतर्फ लाग्ने उहाँले बताउनुभयो ।

टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा १ नम्बर प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे, नेकपा झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेसका झापा सभापति उद्घव थापा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष कमलप्रसाद खरेल, राजपाका झापा जिल्ला अध्यक्ष अनुतसिहं राजवंशी, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाल रेडक्रस सोसाइटि झापा शाखा सभापति लोकराज ढकाल, सशस्त्र प्रहरी उपरक्षिक रेशमकुमार थक्सु, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, जिल्ला समन्वय समितिका नायव सुब्बा भानु भट्टराईलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ४ : ३४ बजे