६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकी एक बालिकालाई उच्च ज्वराे आएपछि एम्बुलेन्स बाेलाउँदा आएन


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200409_211800

गौरीगञ्ज ८, जेठ / गौरीगञ्ज गाउँपालिका वर्ड नं. २ कि एक बालिकामा आज शंखास्पद लक्षण देखिएपछि उनलाई आईसाेलेसनमा पठाईएकाे छ ।

उच्च ज्वरो , खोकि, पेट दुखेकाे र टाउको दुख्ने समस्या देखा परेपछी१२ बर्षिया ति बालिकालाई मेची अञ्चल अस्पतालकाे आइसोलेसनमा पठाइएको हाे । स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख राम चन्द्र मिश्रका अनुसार दुई दिन अघिदेखि उच्च ज्वराे आएकाे थियाे । ज्वराे आएपनि उनलाई काेराेना भाईरसकाे संक्रमण हुने सक्ने लागेर आईसाेलेसन पठाईएकाे स्वास्थ्य प्रमुख मिश्रले बताए ।


विरामी बाेक्न गएनन एम्बुलेन्स

गाैरीगंज गाउँपालिकामा दुई वटा एम्बुलेन्स छन् । झापा उद्योग वाणिज्य संघद्वारा सञ्चालनमा रहेकाे एम्बुलेन्स र लाल बहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्स । तर गाैरीगंज गाउँपालिका वार्ड नं. २ घर भएकी एक बालिकालाई उच्च ज्वराे आएकाे र तिनलाई मेची अस्पताल पुर्याउन एम्बुलेन्सहरूलाई खबर गर्दा विरामी बाेक्न नआएकाे एक स्वास्थ्यकर्मीले जानकारी गराए । ती बालिकालाई गाैरादहबाट एम्बुलेन्स बाेलाई मेची अस्पताल पुर्याएकाे थियाे ।
चैत ११ गतेबाट लकडाउन शुरू भएपछि गाउँपालिकाले वाणिज्य संघद्वारा सञ्चालित एम्बुलेन्स र चालकलाई पीपीईसहितकाे स्वास्थ्य सामाग्री व्यवस्था गरेकाे थियाे । तर एम्बुलेन्सका चालक राजु भुजेलले चैत ११ गतेबाट शुरू भएकाे लकडाउनका दिनदेखि ४२ दिनसम्म काम गर्दा पनि गाउँपालिकाले पारिश्रमिक नदिएकाे र गाडीकाे तेलकाे व्यवस्थापन नगरेकाे हुनाले आफू विरामी लिन नगएकाे बताए ।

आफुसंग पीपीई, ग्लाेब्स, मास्क, सेनिटाईजर समेत नभएकाे भन्दै यस्ताे जाेखिम लिएर काेराेना बिरामीलाई नबाेक्ने चालक भुजेलले बताए । लाल बहादुर स्मृति प्रतिष्ठानकाे एम्बुलेन्सका अध्यक्ष पदम कटुवालले पनि  काेेेेराना शंखास्पद विरामी बाेक्न एम्बुलेन्स र चालकाे कुनै सुरक्षा सामाग्रीकाे व्यवस्थापन नगरी ज्यान जाेखिममा लिएर जानेे एक्कासी विरामी लिएर जान नमिल्ने बताए ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सबै स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे र उनले पाउने पारिश्रमिककाे पैसाकाे विल पेश गर्न भनेकाे बताएका छन् ।
विल पेश नै नगरी कसरी भुक्तानी दिने भन्दै अध्यक्ष श्रेष्ठले एम्बुलेन्स चालक राजु भुजेलले विरामी नबाेक्न भनेपछि गाउँपालिकाले हाल एउटा भ्यानकाे ब्यवस्था गरेकाे बताए ।

आज मिति २०७७/०२/०८ गते राती ९:३० वजे सम्ममा भारतवाट स्थानिय वाेर्डर सम्म अाइपुगेका तपशिल अनुसार १० जनालाई उद्वार गरि गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा सञ्चालित क्वारेण्टाईनमा राखिएकाे छ :

१. २५ वर्ष/महिला, गाैरीगञ्ज-६
२. २ वर्ष/पुरुष, गाैरीगञ्ज-६
३. १५ वर्ष/ पुरुष, गाैरीगञ्ज-४
४. २४ वर्ष/महिला, गाैरीगञ्ज-६
५. ६ महिना/महिला, गाैरीगञ्ज-६
६. ५० वर्ष/पुरुष,गाैरीगञ्ज-६
७. २५ वर्ष/गाैरीगञ्ज-३
८. ५ वर्ष/पुरुष, गाैरीगञ्ज-३
९. ३ वर्ष/ महिला गाैरीगञ्ज-३
१०. ४१ वर्ष/पुरुष, गाैरीगञ्ज-६

यस संगै गाैरीगञ्ज गाउँलिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा ५ महिला र ५ पुरुष सहित १० जना थप भएका छन भने क्वारेण्टाईनमा रहेकाहरुकाे कुल संख्या १८ पुरुष र २४ महिला सहित ४२ जना रहेकाे छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ४ : २० बजे