२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

गाैरीगंजमा सब्जी पसल हप्तामा ४ दिन मात्र , खाद्यान्न पसल जाेर र बिजाेर प्रणालीबाट खाेल्नु पर्ने निर्णय


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200501_193651

गाैरीगंज ५, जेठ / गाैरीगंज गाउँपालिकाले जाेर विजाेर गते विधिबाट खाद्यान्न र गैर खाद्यान्न पसल खुलाउने निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिकाकाे बैठकले जाेर गतेका दिनमा खाद्यान्न पसलहरू सञ्चालन गर्ने र बिजाेर गतेका दिनहरूमा गैर खाद्य पसलहरू हार्डवेयर, माेटरपार्टस, ग्यारेज , कस्मेटिक पसल र ईट्टा विक्री केन्द्रलगायतका पसलहरू खेाल्न पाउने निर्णय गरेकाे हाे। लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिकाे निर्णयसंग नबाझिने गरि गाउँपालिकाले विभिन्न चरणमा पसल खुलाउने समयकाे हेरफेर गर्दै अाएकाे छ ।

खाद्य र गैह्र खाद्यान्न सबै पसलहरू विहान ७ बजेदेखि ११ बजेसम्म खाेल्न पाउने समेत गाउँपालिकाले निर्णय गरेकाे छ ।
त्यसैगरी सागसब्जी पसलहरू आईतवार, मंगलवार, विहिवार र शनिवार (४ दिन मात्र ) बेच्न पाउने निर्णय भएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी गराएका छन् ।
तर कृषिजन्य ( दूध डेरी, कुखुरा, अण्डा, नर्सरी, विउविजन, र औषधिजन्य ( भेटनरी तथा मेडिकल) पसलहरू नियमित सञ्चालन गर्न पाउने छन् ।
नदिजन्य पदार्थ ओसारपसार बेलुका ४ बजेदेखि विहान ६ बजेसम्म ढुवानी गर्ने पाउने निर्णय भएकाे छ । त्यसका लागि सम्बन्धित पालिकाबाट आयाेजना स्थल र लाेड गरिने स्थल ताेकिएकाे पास जारि गर्नु पर्ने छ ।

वितिय संस्थाहरू ( बैंक, सहकारी र फाईनान्स) काे हकमा पनि जाेर र विजाेर गते अनुसार नै सञ्चालन गर्ने निर्णय जिल्ला समन्वय समिति झापाकाे भए पनि गाैरीगंज गाउँपालिकाले साेही अनुसार अाधा -अाधा गरि खाेल्ने वा अरू अन्य विधि अपनाउने भनी ठाेस निर्णय लिन सकेकाे छैन । यसबारे थप छलफल गरि उचित  निर्णय लिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ३ : २९ बजे