६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

वार्ड पिच्छै पसल खाेल्ने समय फरक-फरक


१७ बैशाख २०७७, बुधबार  

0
Shares

20200429_092748
गौरादह १७, बैशाख / गौरादह नगरपालिका भित्रका बजारहरुमा लकडाउनको समयमा अत्यावस्किय खाद्यान्न तथा तरकारी पसलहरु खोल्ने समयमा एकरुपता छैन ।

फरक – फरक वार्डमा रहेका बजारहरु खुल्ने समय पनि फरक फरक रहेको पाइएकाे हुँदा खाद्यान्न तथा तरकारी पसलहरू खाेल्ने समय एकरूपता नभएकाे हाे ।
जिल्लाका १४ वटा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख सम्मिलित बैठकले मंगलवार विहान ७ बजे देखि ११ बजे सम्म झापाका खाद्यन्न, कृषी र औषधी पसल खाेल्ने निर्णय भए पनि जिल्लाका स्थानिय वजारहरूमा रहेका अत्यावश्किय पसलहरू खाेल्ने समय एकरूपता छैन ।
कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि अपनाइएको लकडाउनको पालना गर्दै गराउँदै स्थानीय सरकारले गौरादह नगरपालिका भित्र रहेका बजारहरु बन्द गराएको छ ।
बजार बन्द भए पनि खाद्यान्न तथा तरकारीका पसलहरु केही घण्टाका लागि खोल्ने गरिएको छ । बजार बन्द गरेपछि उपभोक्तालाई आवश्यक सामग्री खरिदका लागि पसल खोल्न निर्धारण गरिएको समयमा भने बजारै पिच्छे समय फरकफरक रहेको छ । सर्वपक्षीय छलफलबाट नगर भित्र रहेका पसलहरुलाई १२ बजेदेखि ४ बजेसम्म खोल्ने निर्णय भएपछि गौरादह उद्योग बाणिज्य संघले सोहि निर्णयलाई कार्यन्वयन गर्न सबैमा अनुरोध गरेको थियो। नगर भित्रका अधिकांश पसलहरु दिउसाे १२ देखि ४ बजे सम्म संचालन भएपनि केही बजारहरुमा स्थानीय परिबेश अनुसार पसलहरु खोलिदा समय फरकफरक हुन गएको हाे ।

नगर भित्रका वडा कार्यालयहरुले केही बजारका पसल तथा सागसब्जी पसललाई समेत फरकफरक समयमा संचालन गर्ने अनुमति दिएका छन्। गौरादह उद्योग बाणिज्य संघले नगर भित्र रहेका औषधी पसलहरुलाई रोक नलगाई अन्य पसल, तरकारी र फलफुल पसल गर्ने ब्यापारीलाई १२ बजे देखि ४ बजे सम्म संचालन गर्न आब्हान गरेको गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जे.बि.कार्कीले जानकारी गराए।

नगर भित्र रहेका ब्यवस्थित मासु पसलहरुलाई संचालनको अनुमति दिएपनि खुल्ला रुपमा बिक्रीवितरण गर्दै आएका माछा मासु पसलहरु भने बन्द गरिएको अध्यक्ष कार्कीले बताए। करिब ५३ हजार जनसंख्या रहेको गौरादह नगरपालिका भित्र ठूलासाना गरि १३ वटा बजार रहेका छन् ।नगरपालिका भित्र रहेका बजारहरुमा वडा कार्यालयले तरकारी तथा फलफूल पसलहरुलाई बजार क्षेत्रमा मात्र सिमित नराखी फरकफरक ठाउँमा राखि सामाजिक दुरी कायम गरि बिक्रीवितरण गराउँदै आएको छ।

गौरादह नगरपालिका भित्रको सबैभन्दा ठूलो गौरादह बजार १२ बजे देखि ४ बजे सम्म संचालन भइरहेको छ। गौरादह बजारमा १२ बजे देखि ४ बजे सम्म मात्र तरकारी तथा किरना पसलहरु खुल्ला रहन्छन्।नगरपालिका भित्रको दोस्रो ठुलो बजार ग्वालडुब्बामा किरना पसलहरु बिहान ७ बजेदेखि १० बजे सम्म र तरकारी तथा फलफूल पसलहरु बेलुका ३ बजे देखि ५ बजे सम्म संचालन हुने वडाध्यक्ष बलराम खरेलले बताए।

माछा मासु पसलहरु पूर्ण रुपमा बन्द गरिएको र तरकारी तथा फलफूल पसलहरुलाई बजार क्षेत्रमा सिमित नराखि बजार आसपासका क्षेत्रमा बिक्रीवितरण गरिदै आएको वडाध्यक्ष खरेलले जानकारी गराए। नगर भित्र एउटैमात्र पशुहाट रहेको दामुना बजार तथा कोहवरा बजारका पसलहरु भने १२ बजेदेखि २ बजेसम्म खुल्ला रहने वडाध्यक्ष खडग प्रसाद पराजुलीले जानकारी गराए। स्थानीय स्तरमा उत्पादन भएको तरकारी तथा फलफूलहरु भने बजारका विभिन्न ठाउँमा राखि ४ बजे तिर बिक्रीवितरण गर्ने गरेको अध्यक्ष पराजुलीले बताए।

गौरादह नगरपालिका मात्र नभएर झापाकाे दक्षिणी क्षेत्रकै पुरानाे जुराेपानी बजार पनि हाट लाग्ने दिन बेलुका ४ बजे देखि लाग्ने गरेकाे छ। बजारमा भिडभाड नगरी सामाजिक दुरि कायम गरि बिक्रीवितरण गर्न ब्यापारी तथा ग्राहक महानुभाबहरुमा अनुराेध गरिएकाे वडध्यक्ष भुमीराज पराजुलीले जानकारी गराए। दक्षिणी क्षेत्रकाे पुरानाे बजार भएपनि बिकाशमा फड्को मार्न नसकेकाे जुराेपानी बजारमा स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफूल बिक्रीवितरण गरिने भएकाले ब्यापारी तथा ग्राहकहरुले आफू सुरक्षीत भएर खरिदबिक्री गरेकाे वडाध्यय पराजुलीले बताए।वडा नं -९ बैगुन्धुरा भित्रकाे एउटैमात्र बैगुन्धुरा बजारमा माछा मासु पुर्ण रुपमा बन्द भएपनि अति आवश्यक खाद्यान्न पसलहरु १२ बजे देखि ४ बजे सम्म संचालन भएकाे वडाध्यक्ष सीताराम भट्टराईले जानकारी गराए। नगरपालिका भित्रकै स्कुलचौन, बालुबथानको शनिचरे बजार पनि १२ बजे देखि ४ बजे सम्म संचालन हुने गरेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : ४६ बजे