४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह वार्ड नं. २ ले स्थापना गरेकाे फुड बैंकमा राहत हस्तान्तरण


१४ बैशाख २०७७, आइतबार  

0
Shares

20200426_185550

गौरादह १४, बैशाख /लकडाउन लम्बिदै जाँदा गरिब तथा बिपन्न घरपरिवारकाे चुलाे बल्न नसक्ने सम्भावनालाई मध्यनजर गरि विभिन्न क्षेत्रबाट वडा स्थानीय सरकारले स्थापना गरेकाे फुड बैंकमा खाद्यान्न संकलन भइरहेको छ।

काेराेना भाइरसकाे विषम परिस्थितिमा बिपद ब्यवस्थापनमा सहजताका लागि जनप्रतिनिधि,राजनीतिक दल,संघ संस्था, टाेल बिकाश समितिका साथै ब्यक्तिगत रुपमा पनि फुड बैंकमा खाद्यान्न जम्मा गरिएका छन्। स्थानीय सरकारलाई राहात बितरणमा थप सहयाेग गर्न पुर्ब तयारीका लागि सबै क्षेत्रबाट खाद्यान्न सामग्री तथा नगद सहयोग भइरहेको छ।

नगर भित्ररहेका जनमजदुर गरेर पाखुरा चलाएका भरमा छाक टार्ने परिवारलाई लकडाउनका कारण भाेकमारीबाट बचाउन सबै क्षेत्रबाट सहयोग जुटिरहेको छ।गौरादह नगरपालिका वडा नं -२ ले स्थापना गरेकाे फुड बैंकमा आइतबार वडाकाे ५ नम्बर सूर्य किरण टाेल बिकाश समितिले २ सय ५० केजी चामल फुड बैंककमा जम्मा गरेकाे छ।

सूर्य किरण टाेल बिकाश समितिकाे अगुवाइमा टाेल बिकाश समितिका पदाधिकारी तथा अन्य इच्छुक महानुभावहरुबाट संकलित चामल फुड बैंकमा जम्मा गरेकाे सूर्य किरण टाेल बिकाश समिति अध्यक्ष राम बहादुर कन्दङवाले जानकारी गराए।टाेल बिकाश समितिका पदाधिकारी बाहेक बिजय कन्दङवा,दिपक खड्का र झगेन्द्र खड्काले पनि चामल दिएर टाेल बिकाश समितिलाई सहयोग गरेका थिए।

गौरादह नगरपालिका भित्र रहेका टाेल बिकाश समितिहरु मध्ये खाद्यान्न सामग्री फुड बैंकमा जम्मा गर्ने टाेल बिकाश समितिमा वडा नं -२ काे सूर्य किरण टाेल बिकास समिति पहिलाे बनेकाे छ। टाेल बिकास समितिकाे अगुवाइमा संकलित चामल टाेल बिकाश समिति अध्यक्ष राम बहादुर कन्दङवा, उपाध्यक्ष टंक गिरी,सचिब फडिन्द्र बर्देवा,काेषाध्यक्ष बिमला बाँस्तोला र  सदस्य सहितकाे टाेलिले वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्की, वडा सदस्य उतम बस्नेतलाई हस्तान्तरण गरेका छन।वडा नं -२ ले स्थापना गरेकाे फुड बैंककमा हाल सम्म ७ सय ७५ केजी चामल,३३ केजी दाल,५८ केजी नुन र ४१ लिटर खाने तेल र ६० केजी भुजा संकलन भएकाे खादय संकलन तथा ब्यबस्थापन समिति सदस्य दिपक खड्काले जानकारी गराए।

हाल सम्म खाद्यान्न सामग्री जम्मा गर्नेहरुमा वडा नं -२ भित्रका नेकपा वडा कमिटीले १ सय ५० केजी चामल,६० केजी भुजा, नेपाली काँग्रेस वडा समितिले १ सय ७५ केजी चामल ५० केजी नुन,१३ लिटर तेल,२५ केजी दाल,सूर्य किरण टाेल बिकाश समितिले २ सय ५० केजी चामल, सामुदायिक कृषि सहकारी संस्थाबाट २० लिटर तेल र सूर्य भट्टराई र बासु जाेसीबाट २ सय केजी चामल,८ केजी दाल र ८ लिटर तेल हस्तान्तरण भएकाे छ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : १९ बजे