१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकाे वार्ड नं. ७ पुरानाे गुवालडुब्बमा राहत वितरणमा गुनासाे


२१ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200403_143315

गौरादह २१, चैत /स्थानीय सरकारले गरिब तथा बिपन्न परिवारलाई  बितरण गरेकाे राहत कार्यक्रम प्रभावकारी नभएकाे मजदुरहरुले बताएका छन् । गाैरादह नगरपालिका वडा नं -७ काे पुरानाे ग्वालडुब्बाका बिपन्न घर परिवारका सदस्यहरुले आफुले राहत नपाएकाे गुनासाे गरेका छन्। गौरादह नगरपालिकाले वडाकार्यलयलाई खाद्यान्न बितरणका लागि गरिब तथा बिपन्न घर परिवारकाे लगत संकलन गरि नगरपालिकामा पेस गर्न जानकारी गराएकाे थियाे। वडा कार्यालयले टाेल बिकास समिति मार्फत नामावली संकलन गरि नगरपालिकामा बुझाएकाे थियाे।स्थानीय सरकारले बिपन्न परिवारलाई राहतकाे कार्यक्रम ल्याएपनि टाेल बिकास समितिले दैनिक जनमन गरि छाक टार्नेहरुकाे नाम छुटाएकाे मजदुरहरुले गुनासाे गरेका छन् । टाेल बिकास समितिले आफू निकटका जन मजदुरकाे मात्र नाम सिफारिस गर्दा अन्य मजदुर स्थानीय सरकारले बितरण गरेकाे राहतबाट बन्चित भएकाे वडा नं -७ का अमिन राजवंशी बताउँछन्।नगरपालिकाले जनमजदुर गर्नेहरुकाे नाम पढाउनु भनेपनि सबै मजदुरकाे नाम सिफारिस नगर्नु टाेल बिकास समितिकाे कमजोरी रहेकाे पुरानाे ग्वालडुब्बाका अर्का मजदुर जाेगेस माक्रा बताउँछन। पुरानाे ग्वालडुब्बामा आदिवासी समुदायहरु रहेकाे टाेलमा अधिकांस जनमजदुर गर्नेहरुकाे बसाेबास रहेकाे छ। टाेल बिकास समितिले भने पुरानाे ग्वालडुब्बाबाट  ५० घर परिवारकाे नाम पठाएर अन्य मजदुरकाे नाम छुटाएकाे मजदुरहरुले गुनासाे गरेका छन्।जनमजदुर गरेर परिवार पालिरहेका नागरिकहरु काेही राहत पाउने र काेही नपाउनेमा स्थानीय सरकारले राहत बितरणमा विभेद गरेकाे पुरानाे ग्वालडुब्बाका गठिया राजवंशी बताउँछन्् । काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले लकडाउन गरि घरमा बस्न निर्देशन दिएपछि दैनिक ज्यालादारीमा जनमन गरि छाक टार्ने मजदुरहरु समस्यामा परेका छन।गौरादह नगरपालिकाले नगरपालिका भित्र बिहान बेलुका छाक टार्न समस्या भएका गरिब दुःखीहरुकाे लगत संकलन गरि खाद्यान्न सामग्री बितरण गरिरहेकाे छ।पुरानाे ग्वालडुब्बा टाेल बिकास भित्र जनमजदुर गर्नेहरुकाे संख्या बढी रहेकाले यश पटक ५० घर परिवारलाई बितरण गरिएकाे र बाँकी घर परिवारलाई प्रदेश सरकारबाट आएकाे खाद्यान्न सामग्री बितरण गरिने पुरानाे ग्वालडुब्बा टाेल बिकास समिति अध्यक्ष साेभाध्वज सिंह माक्रा बताउँछन्। वडा नं -७ भित्र बसाेबास गर्ने नागरिकहरुले भाेकै बस्नु नपर्नु वडाध्यक्ष बलराम खरेल बताउँछन्।जनमजदुर गर्ने नागरिकहरुलाई छाक टार्न समस्या भएमा वडाकार्यलयमा जानकारी गर्न आग्रह गरे ।लकडाउनकाे समय अबधिभर बिहान बेलुका छाक टार्न समस्या हुने जनमजदुरकाे घर परिवारलाई वडाकाे बजेटबाट खाद्यान्न सामग्रीको ब्यबस्थापन गर्ने जानकारी गराए। गरिब, बिपन्न तथा जनमजदुर गर्ने नगरवासिहरुलाई स्थानीय सरकारले खाद्यान्न बितरण गरेपनि नामावली सिफारिसमा टाेल बिकास समितिले सुस्म अध्यान नगरी नाम पठाउँदा समस्या आएकाे अनुगमन गरिरहेका गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह बताउँछन्। गाैरादह नगरपालिका वार्ड नं. ७ का अध्यक्ष बलराम खरेलले जनमजदुर गर्नेकाे नाम संकलन गरेकाे अनुसार नै वितरण गरेकाे बताए । ‘यदि कसैकाे नाम छुटेकाे भए वार्ड कार्यालयले खाद्यान्न दिने छ तर कसैलाई याे या त्याे नभनि नाम संकलन भएकाे हाे – अध्यक्ष खरेलले बताए । अध्यक्ष खरेलले पुरानाे गुवालडुब्बामा एक जनाकाे नाम छुटेकाे छ उहाँलाई हामीले खाद्यान्न दिनेछाैं ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ५१ बजे