३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

काेराेना कहर : डेरीले दूध नलिएपछि दूध गाउँलेलाई वितरण


१७ चैत्र २०७६, सोमबार  

0
Shares

20200330_140830
आत्माराम राजवंशी /
गौरीगंज १७, चैत /गौरीगंज गाउँपालिका भित्रका गाई पालक किसानहरुकाे दूध नबिकेपछि किसानहरु मारमा परेका छन् ।गौरीगंज गाउँपालिका भित्रका किसानहरु ब्यवसायिक रुपमा उन्नत जातका गाई पालेर दूध उत्पादन गरिरहेका छन् ।

धान खेतिबाट आम्दानी कम भएपछि त्यसकाे बिकल्प खाेजिरहेका किसानहरु बैंकबाट ऋण लिएर ब्यवसायीक रुपमा दूध उत्पादन गरि आम्दानीकाे स्राेत बढाउने लक्ष्य लिएका थिए। केही किसानहरुले स्तरीय गाेठ बनाई कृषि फारम दर्ता गराएर ब्याबसायिक रुपमा गाई पालन गरेका छन् ।दूध बिक्री नभएपछि बैंकको किस्ता बुझाउन किसानलाई समस्या भएकाे छ।

गौरीगंज गाउँपालिका भित्रका किसानहरुले आम्दानीकाे स्राेत बढाई आय आर्जन बढाउन उन्नत जातका गाई खरिद गरि दूध उत्पादन गरेपनि दूध बिक्री भएन। विश्वभर फैलिएको काेराेना भाइरस किसानकाे बाधक बनेकाे छ। एउटै किसानले ५० लिटर भन्दा बढी दूध उत्पादन गर्दा बिक्री नभएपछि किसान समस्यामा परेका छन।गाई पालक किसानहरु अहिले दूध गाउँमा बितरण गर्दा पनि नसकिएको बताउँछन्।

गौरीगंज गाउँपालिका वडा नं -३ मा पाथिभरा कृषि फर्म दर्ता गरीी उन्नत जातका गाई पालन गर्दै आएका राजु शाहले दैनिक ७५ लिटर दूध उत्पादन गर्छन्। उनकाे गाेठमा ५ वटा उन्नत जातका गाई छन्। तीन बर्ष अगाडि देखि गाई पालेर दूध बिक्री गर्दै आएका शाह दूध डेरी बन्द भएपछि अफ्ठ्याराेमा परेका छन्। उनी अहिले गाई दाेहेर गाउँलेहरुलाई बाेलाएर दूध लगेर खाइदिन अनुराेध गर्छन। निशुल्क दूध पाएपछि गाउँलेहरु हर्षीद छन्। निशुल्क दूध बितरण गर्दा समेत बच्ने गरेकाे उनी बताउँछन्। गौरीगंज खजुरगाछी क्षेत्रका किसानहरूले ल्याएकाे दूध खजुरगाछीकाे आठमौजा बचत तथा ऋण सहकारी संस्थाले संकलन गर्दैै थियाे।

आठमौजा सहकारीले संकलन गरेकाे दूध रितिका डेरी उद्योग धाईजनलाई बिक्री गर्ने गरेकाे थियाे। सबैतिर बन्द भएका कारण डेरी उद्योगकाे गाडी दुघ लिन नआएपछि सहकारीले दूध लिन छाेड्याे। डेरीले दूध नलिएपछी सहकारीले किसानकाे दूध नलिएकाे आठमौजा बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन दंगाल बताउँछन्।सहकारी संस्थाले दैनिक एक हजार लिटर दूध संकलन गर्ने गरेकाेमा सय देखि १ सय ५० लिटर दूध स्थानीय ठाउँमा बिक्री हुने र बाँकी दूध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेकाे आठमौजा सहकारीका दूध संकलन कर्ता जयप्रसाद ढकाल बताउँछन्। गौरादह नगरपालिका वडा नं -८ थापा चौक निवासी नारायण प्रसाद गौतमले गौसाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका छन। उनले दैनिक ५० लिटर दूध बिक्री गर्दछन।काेराेना भाइरसकाे बिगबिगी बढ्दै जाँदा सरकारी तवरबाट लक डाउन गरिदा बन्दका कारण दूध बिक्री नभएपछि गाउँलेहरुलाई बाेलाएर फ्रीमा दूध बाँड्नु परेकाे बताउँछन्।

निशुल्कमा दूध पाउँदा गाउँलेहरुलाई राहत भएकाे छ भने गाई पालक किसानहरु मारमा परेका छन्। उनले भने – ‘बाच्छालाई मात्र छाेड्दा दूध बढी भएर बाछाे बिरामी हने डर छ। दूध बिक्री नभएपछि दूध बाँड्नुकाे बिकल्प नभएकाे उनी बताउँछन्।

गौरीगंज गाउँपालिका वडा नं -६ निवासी उमा अधिकारीकाे बेथा पनि उस्तै छ। दैनिक ४० लिटर दूध बिक्री गर्दै आएकि उमाले पनि आठ मौजा सहकारीमा दूध बिक्री गर्ने गरेकि थिईन।दूध बिक्री नभएका कारण बैंकको ऋण तिर्न समस्या भएकाे उनी बताउँछिन्।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : २५ बजे