१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरस नियन्त्रणका लागि बिशेष सावधानी


१६ चैत्र २०७६, आइतबार  

0
Shares

20200329_160541
गौरादह १६, चैत /गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरस नियन्त्रणका लागि बिशेष सावधानी अपनाएको छ। नेपाल भित्र बसाेबास गरेका नागरिकहरुमा हालसम्म याे भाइरस नदेखिएको तर बाहिरबाट नेपाल आएका नागरिकहरुमा भेटिएकाले वडा भित्र बाहिरबाट आएका नागरिकहरुकाे पहिचाहन गर्ने कार्य वडाले गरिरहेकाे छ। बैगुन्धुरामा स्थायी बसाेबास भएर भारत लगायत अन्य देशमा राेजगारीका लागि गएर केही समय अगाडि वा तत्काल आएका ब्यक्तिहरुकाे खाेजी गरी उनीहरूकाे अवस्था र स्वास्थ्य परिक्षण गरि घरैमा बस्न सल्लाह सुझाव दिएकाे बैगुन्धुराका स्वास्थ्य चौकी प्रमुख बिष्णु बहादुर प्रधानले जानकारी गराए। क्षेत्रफलकाे आधारमा गौरादह नगरपालिकाकाे ठुलाे वडाकाे    रुपमा रहेकाे वडामा वडाध्यक्ष सीताराम भट्टराई सहित जनप्रतिनिधि स्वास्थ्य चौकीका कर्मचारी सहितकाे टाेलीले वडावासिलाई सजग हुन अनुराेध गरेकाे छ।राेजगारीका लागि भारत गएका ब्याक्तीहरु आफ्नो गाउँ टाेलमा आएमा वडा कार्यालय वा सुरक्षा निकायमा जानकारी गराउन अनुराेध गरिएको वडाध्यक्ष भट्टराईले जानकारी गराए। खुल्ला सिमनाका कारण भारतीय क्षेत्रबाट नेपाली भूमिकामा प्रबेश गर्न सक्ने भएकाले उनीहरुप्रति सतर्कता अपनाउनु पर्ने जानकारी गराएका छन।हालसम्म  भारत लगायत अन्य मुलुकबाट १२ जना ब्यक्तिहरु बैगुन्धुरा क्षेत्रमा आएकाे वडा कार्यालयले तथ्यांक संकलन गरेकाे छ। काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन वडा कार्यलयले वडा भित्र माइकिङ गरि पर्चा पम्प्लेट समेत टाँस गरेकाे छ। वडाले  धारासहितकाे ड्रम,साबुन,माक्स,सेनिटाइजर बितरण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरेकाे वडा सचिब राम प्रसाद दहालले जानकारी गराए। बैगुन्धुरा क्षेत्रमा रहेका सरकारी कार्यलयहरु वडा कार्यलय,स्वास्थ्य चौकी, सशस्त्र प्रहरी बेस क्याम्प, तथा आयुर्वेद,बजार,सार्वजनिक स्थलका साथै बाहिरबाट आएका ब्याक्तीहरुकाे घर आँगनमा किटनासक औषधि छर्कने कार्य गरेकाे वडा सचिब दहालले बताए। वडाले गरिब तथा बिपन्न परिवारकाे बिबरण लिने कार्य सुरु गर्नुका साथै वडाकाे टाेल नं -६ मा बसाेबास गर्ने ज्याेती ऋषिदेबलाई २५ के.जी.चामल, दाल,तेल र नुन उपलब्ध गराएकाे वडा सचिब दहालले जानकारी गराए। गौरादह नगरपालिका भित्रका सबै वडामा रहेका गरिब तथा बिपन्न परिवारहरुकाे विवरण संकलन गर्ने कार्य भइरहेको र केही दिनमै राहात स्वरुप खाद्यान्न सामग्री बितरण गर्ने तयारी भइरहेको वडा नं -१ का वडा सदस्य काेमल प्रसाद ढुङगानाले जानकारी गराए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ३२ बजे