१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहमा एक व्यक्तिको कोरोना संक्रमणको आशंका गरिएकोमा रिपोर्ट नेगेटिभ भएकाे पुष्टि


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_235227
गौरादह १३, चैत्र / गौरादहमा एक व्यक्तिको कोरोना संक्रमणको आशंका गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । हालै मार्च १९ को फ्लाइटमा कतारबाट फर्केका गौरादह नगरपालिका-९ स्थित बैगुन्धुराका थिर बहादुर बस्नेतको कोरोनाको शंकामा भद्रपुर मेची अञ्चल अस्पतालमा आइसोलेसनमा उपचाररत रहेका थिए ।

उनको थ्रोट स्वाब परीक्षणका लागि काठ्माडौंको शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको थियो । त्यहाँ गरिएको परिक्षणमा कोरोना नेगेटिभ आएको मेची अञ्चल अस्पताल भद्रपुर, झापाका कोरोना रोग व्यवस्थापन समितिका सचिव कुल बहादुर पौडेलले जानकारी दिएका छन् ।

उनलाई सेल्फ क्वारेन्टाइनमा राखिने र उनका परिवारहरुलाई रुघाखोकी जस्ता कुनैपनि लक्षण नदेखिएकोले घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिइने गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ६ : १० बजे