९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

लकडाउनका कारण दक्षिणी क्षेत्रकाे जनजिवन प्रभावित, बजार सुनसान


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_211012

गाैरीगंज १३, चैत /  सरकारले लकडाउन गरेसँगै झापाको दक्षिणी क्षेत्रकाेे जनजीवन प्रभावित बनेकाे छ ।  बजार तथा सडक सुनसान बनेका छन् भने आवतजावत ठप्प छ ।  सरकारले चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन लगाएकाे हाे ।
काेराेना भाईरसकाे संक्रमण विश्वरूपमा फैलिईदै गएकाे कारण लगाईएकाे लकडाउनलाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रियताका साथ लागेका छन भने लगडाउनलाई आम नागरिकले पनि साथ दिएका छन् । लकडाउन कारण आवतजावत छिटपुट बाहेक ठप्प छन् भने बजार, सार्वजनिक तथा निजी  यातायातका सवारीसाधन चलेका छैनन ।
दक्षिणी क्षेत्रका मुख्य ठुला बजारहरु गौरादह,ग्वालडुब्बा, गौरीगंज, खजुरगाछी, कुञ्जिवारी र दामुना लगायतका बजारमा हाटकाे दिन भिडभाड र अन्य दिन मानिसहरुकाे चहलपहल रहने बजारहरु सुनसान भएका छन्
नागरिकहरुलाई सचेत गराउदै घरमा बसेर बाहिर ननिस्कन स्थानीय सरकारले माइकिङ गरि सुचना प्रवाह गरेकाे छ। नागरिकहरुलाई  अति आवश्यक काम बाहेक बाहिर हिनडुल गर्न दिइएको छैन।

दक्षिणी क्षेत्रमा रहेका औषधि पसल पुरै खुल्ला गरिएकाे छ।सागसब्जी र खाद्यान्न पसल निस्चित समयका लागि खुल्ला गरिए पनि माछा मासु पसल बन्द गरिएकाे छ। गौरादह बजार बिहान दिउसाे बन्द रहेपनि बेलुका ३ बजे देखि ६ बजे सम्म सागसब्जी र खाद्यान्न पसल खुल्ला हुने गरेका छन् । गौरीगंज र खजुरगाछी बजारमा बिहान ७ बजे देखि १० बजे सम्म र दिउसाे ३ बजे देखि ६ बजे सम्म खाद्यान्न र सागसब्जी पसल खुल्ला गरिएपनि बढी भिडभाड र बढी जमघट भएका कारण झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजसंग समन्वय गरेर गुद्री बजारलाई बन्द गर्ने तयारी गरिएको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईले बताए ।
लकडाउन उल्लङ्घन गर्नेलाई कडा सजाय दिन सक्ने प्रहरी निरीक्षक भट्टराईले बताए । माेटरसाईकल, अनावश्यक हिडडुल, हाट बजार र गुद्रीलाई समेत बन्द गर्ने उनले बताए ।

ग्वालडुब्बा बजार पनि ठप्प गरिएकाे छ। दैनिक उपभाेग्य सामान लिन आउनेहरुका लागि पसल अगाडि माेवाइल नम्बर राखिएको छ।ग्राहककाे आबश्यकता अनुसार फाेन गरेर पसलेलाई बाेलाई सामान लाने ब्यबस्था मिलाइएको अस्थायी प्रहरी चौकी ग्वालडुब्बाका प्रमुख केशव काेईरालाले बताए।

झापाकाे दक्षिणी क्षेत्रमा भारतकाे बिहार सँग सिमना जाेडिएकाे गौरीगंज गाउँपालिका भित्र रहेका सिमानाका पुरै बन्द गरिएको छ। गौरीगंज गाउँपालिका भित्रका मुख्य नाका फत्तेपुर,बैरिया, कुन्जिबारी र बगाहा नाकाबाट आवतजावत बन्द गरिएकाे सशस्त्र प्रहरी बल बिओपि गौरीगंजका प्रमुख साइमान श्रेष्ठले जानकारी गराए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ३ : ३३ बजे