१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा १० वेडकाे क्वारेन्टाइनकाे व्यवस्था


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_171042
गाैरीगंज १३, चैत /

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीकाे नवनिर्मित अस्पतालकाे भवनमा १० वेडकाे क्वारेन्टाइन व्यवस्था गरिएकाे छ । काेराेना भाईरसकाे आशंका लागेका व्यक्तिलाई स्वास्थ्य सेवा सहितकाे क्वारेन्टाइन व्यवस्था गरिएकाे हाे ।
काेठाहरूमा साबुन पानी, टुथ पेस्ट , डस्टविन, ताैलियालगायत अन्य आवश्यक सामग्रीहरूकाे व्यवस्था गरिएकाे खजुरगाछी प्राथमिक स्वास्थ केन्द्रका निमित प्रमुख अनुप शर्माले जानकारी गराए ।

छिमेकी मुलुक भारतसंग जाेडिएका गाैरीगंज गाउँपालिकाकाे खुल्ला नाकाहरूमार्फत भारतबाट नेपाल प्रवेश गर्नेहरूकाे अाउने क्रम राेकिए पनि लुकिछिपी आउनेहरूकाे जाेखिम भने उतिकै छ । विदेशबाट आएका र १०४ डिग्री भन्दा बढी ज्वराे अाएका व्यक्तिहरूमा काेराेनाकाे संक्रमण हुन सक्ने भएकाेले ती व्यक्तिका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न गाैरीगंज गाउँपालिकाका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले आग्रह गरेका छन् । संक्रमणकाे आशंकामा क्वारेन्टाइनमा रहने व्यक्तिहरूकाे बस्ने , खाने र उपचारकाे सम्पुर्ण बन्दाेवस्ती गाउँपालिकाले गर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताएका छन् ।

प्रत्येक वडाहरूलाई तत्काल रू १ लाख रूपैयाँ खर्च गर्न सक्ने र गाउँपालिकाकाे विपद व्यवस्थापन काेषमा जम्मा हुने गरी कार्यपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरूले पाउने एक महिनाकाे सेवा सुविधा वापतकाे रकम काेराेना संक्रमण विरूद्वकाे अभियानमा जम्मा गरिने निर्णय भएकाे उपाध्यक्ष थापाले बताएका छन् । विश्वव्यापीरूपमा फैलिदै आएकाे काेराेनाकाे संक्रमणलाई राेक्न गाउँपालिकामा स्वास्थ्य शाखा मार्फत आवश्यक क्वारेन्टाइनकाे व्यवस्था, आवश्यक उपकरण, हेल्प डेस्क र सिमाहरूमा कडाई गरिएकाे उनले बताए ।

त्यसैगरी गाउँपालिकाले पिपिई सहितकाे एम्बुलेन्स सेवा पनि व्यवस्था गरेकाे छ । काेराेना संक्रमितहरूका लागि व्यक्तिगत सुरक्षा उपकरणसहितकाे एम्बुलेन्सलगायत सम्पुर्ण अत्यावश्य सामग्रीहरू तयारी अवस्था रहेकाे हुँदा गाउँवासीलाई नआत्तिन अनुराेध गर्दै घर मै बसी आफू पनि बच्ने र अरूलाई पनि बचाउन उपाध्यक्ष थापाले आग्रह गरेका छन् ।

काेराना भाईरसकाे आशंका लागे वा अरू कुनै स्वास्थ्य समस्या भए तलकाे नम्बरहरूमा सम्पर्क गर्न सक्नु हुनेछ ।
20200326_171208

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ११ : ३० बजे