८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज अन्तर्गत हुलाकी सडक निर्माणकाे विवाद चुलियाे, गाउँपालिकाले यथासिघ्र साझा धारणा सार्वजनिक गर्न आवश्यक ( नक्सासहित)


७ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200320_172528

20200320_220251

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे सिट नं. १७९/०६९७-२ काे नक्सा बमाेजिम 

गाैरीगंज ७, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ अन्तर्गत हुलाकी सडक निर्माण कार्यमा भएकाे विवाद चुलिएकाे छ ।
हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ गाैरिया खाेलाकाे पुल पुर्वदेखि गाैरीगंज चाैकसम्मकाे बाटाेकाे दक्षिण तर्फ रहेका जग्गाधनीहरू र उत्तरतर्फ रहेका जगगाधनीहरूले शुक्रवार गाउँपालिका र वार्ड नं. ३ काे कार्यालयमा निवेदन दिएपछि विवाद झन चुलिएकाे हाे ।
हुलाकी सडककाे दक्षिण तर्फका जग्गधनीहरूले चलनचल्ती कै बाटाेलाई मानेर केन्द्रविन्दु यकिन गरि बाटाे निर्माण गर्नु पर्ने र उत्तरतर्फका जग्गाधनीहरूले सडक विभागले गरेकाे डिपिअार ( विस्तृत अध्ययन प्रतिवेदन) अनुसार बाटाे खन्नु पर्ने भन्दै दुवै पक्षले आ- आफ्नाे अडानमा रहेर गाउँपालिका र वार्ड कार्यालयमा निवेदन दिएपछि निर्माण कार्यमा अन्याेलता सिर्जना भएकाे छ ।
विहिवार ठेकेदार कम्पनिले डिपिआर अनुसार हुलाकी सडक छुट्याउन खाेज्दा दुवै पक्षकाे विवाद भएकाे थियाे । विवादबीच बाटाे नाप्ने कार्य गरिएतापनि शुक्रबार भने विवादित क्षेत्रमा निर्माण कार्य राेकिएकाे छ ।

गाैरीगंज गाउँपालिकाले पटकपटककाे सूचना मार्फत (हुलाकी अायाेजना ईटहरीकाे पत्र अनुसार) बाटाेकाे बीच यकिन गरि दुवैतर्फ १५/१५ मिटर भित्रकाे संरचना हटाउन भनेकाे थियाे । साेही अनुरूप स्थानियहरूले संरचना हटाएर निर्माण कार्यलाई सघाउदै आएका थिए ।

20200320_213711
हुलाकी सडककाे गाैरीगंज क्षेत्र अन्तर्गत निर्माण कम्पनिले सडक निर्माण तीव्ररूपमा अघि बढाइरहेका बेला एकाएक यसरी बाटाे खन्ने विषयमा विवाद चुलिएपछि चिन्ताकाे विषय बनेकाे छ भने यस विषयमा सम्बन्धित निकाय स्थानिय सरकार गाउँपालिका र सराेकारबालाहरूले यथासिघ्र आधिकारिक धारणा बाहिर ल्याई सहज वातावरण बनाउनु पर्ने बाैद्विक तथा सामाजिक व्यक्तिहरूकाे धारणा छ ।

पुर्व सांसद दिपक कार्की
संविधानसभाका पुर्व सांसद तथा सामाजिक व्यक्तित्व दिपक कार्कीले अहिले चलनचल्ती कै बाटाेलाई आधार बनाएर बाटाेकाे केन्द्रविन्दु यकिन गरि बाटाे निर्माण गर्नु पर्ने धारणा राखेका छन् ।
उनी भन्छन् – ‘ चलन चल्ती कै बाटाेलाई अाधार मानेर साेहि सडककाे वीचकाे केन्द्रविन्दु यकिन गरि दुवैतर्फ बाराबरी नाप लिने नियम छ ।’ एकातिर बाटाे अनि अर्काेतिर डिपिअार भन्ने हुदैन पुर्व सांसद कार्की थप्छन् – ‘बाटाे अनुसारै डिपिअार हुन्छ त्याे भएन भने डिपिअार नै गलत भएकाे सम्झनुपर्छ । ‘

गाैरीगंज बहुमुखि क्याम्पस पुर्व प्रमुख केदार रिमाल
गाैरीगंज बहुमुखी क्याम्पसका पुर्व प्रमुख केदार रिमालले कसैले पनि व्यक्तिगत स्वार्थमा नलागि निस्वार्थरूपमा समस्यालाई समाधान गर्नुपर्ने धारणाा राखेका छन् । उनले सडककाे डिपिआर र चलनचल्तीकाे बाटाे दुवैलाई समझदारीका रूपमा निकाश निकाल्नु पर्ने बताए । यदि कसैकाे भाैतिक संरचना नै जान्छ भने र अर्काे तर्फ यदि खालि जग्गा भए त्यहाँ समझदारी पुर्वक भाैतिक संरचनालाई जाेगाउन सकिन्छ भने जाेगाएर जाँदा उचित हुने क्याम्पस प्रमुख रिमालकाे कथन थियाे ।

पुर्व गाविस अध्यक्ष देवी प्रसाद राजवंशी
पुर्व गाविस अध्यक्ष देवी राजवंशीले उत्तरतर्फ र दक्षिणतर्फका दुवै जग्गाधनीहरूकाे जग्गा नापेर जग्गा पुर्याई रहेकाे बीचकाे भाग बाटाे मानि त्यसबाटाेकाे बीचकाे केन्द्रबिन्दु यकिन गरि दुवैतर्फ १५/१५ मिटर लिए सबैले मान्य हुनसक्ने धारणा राखेका छन् । दुवै तर्फका जग्गाधनीहरूले आफ्नाे गाेरूकाे १२ टक्का हाे भनेर नभनि निकासकाे बाटाे हुन सक्ने तिर सबैले लाग्न आग्रह गरेका छन् । यस विषयमा गाउँपालिका र वार्ड कार्यालयले सबैभन्दा पहिले हुलाकी सडककाे बारेमा आफ्नाे साझा धारणा बनाई स्थानीयहरूसंग समन्वय गरेर अगाडि बढ्नु राम्राे हुने पुर्व अध्यक्ष राजवंशीले बताए ।

समस्याकाे चुराे कुरा के हाे त ?

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ अन्तर्गत गाैरीया खाेलाकाे पुर्व गाैरीगंज चाैकसम्मकाे हुलाकी सडक निर्माण कार्यमा विवाद उत्पन्न भएकाे छ ।
त्यस क्षेत्रकाे हुलाकी सडककाे नक्साकाे बाटाे छाेडेर दक्षिणतर्फ करिब ३.५० मिटर जति ऐलानी जग्गा छ । हुलाकी बाटाेकाे दक्षिणतर्फ किता नं. ५८३ काे पुर्व सिमानादेखि किता नं. ३७६ हुँदै ज्ञानकुञ्ज स्कुल जाने बाटाेसम्मकाे जग्गा नक्सामा ऐलानी जग्गा उल्लेख गरिएकाे छ । साेही ऐलानी जग्गालाई बाटाे मानेर डिपिअार गरेका कारण यस्ताे विवाद चुलिएकाे बुझिएकाे छ । उत्त क्षेत्र अन्तर्गतकाे नक्सामा भएकाे हुलाकी बाटाे सहितकाे ऐलानी जग्गालाई सडक विभागले डिपिअार गरेका कारण हुलाकी सडककाे नाप दक्षिणतर्फ गएकाे हाे । अब त्यसस्थानमा नक्सामा रहेकाे हुलाकी सडकलाई मानेर विचकाे विन्दु यकिन गर्ने वा ऐलानी जग्गालाई समेत लिएर केन्द्र विन्दु यकिन गर्ने भन्ने विषयमा गाउँपालिकाले यसकाे निर्क्याैल यथासिघ्र निकाल्न जरूरी देखिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ०३ बजे