६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

गाैरादहकाे गाउँगाउँमा काेराेना भाईरसविरूद्व सचेतना कार्यक्रम


२८ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200311_145039

गौरादह २८, फागुन / विस्वभर काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे समयमा त्यसकाे नियन्त्रणका लागि दक्षिणी क्षेत्रका संघ संस्थाहरु समेत लागिपरेका छन। संघ संस्थाहरु गाउँगाउँमा गएर जनचेतना मुलक कार्यक्रम गरिरहेका छन।
युवाहरुकाे संगठन रहेकाे संस्था गौरादह जेसिजले जनमानसमा सचेतना फैलाउन गौरादह नगरपालिका भित्रका विभिन्न ठाउँमा पुगेर काेरना भाइरसबाट वच्ने उपायका बारेमा सचेतना मुलक कार्यक्रम संचालन गरिरहेेकाे छ।
विश्वभर कोरोना भाइरसको डर फैलिरहेको समयमा गौरादह जेसिजले कोरोना भाइरस सम्बन्धि चेतनामुलक सन्देश अभियान कार्यक्रम सञ्चालन गरेर नि:शुल्क माक्स समेत बितरण गरेकाे छ । गौरादह जेसिजकाे आयोजनामा संचालन गरेको सचेतना मुलक   कार्यक्रममा गौरादह, स्कुलचौन, ग्वालडुब्बा र बैगुन्धुरा क्षेत्रका स्थानीयबासीहरुलाई कोरोना भाइरसबारे जनचेतना जगाउँदै ३ सय ६५ वटा मास्क नि:शुल्क   वितरण गरिएको गौरादह जेसिजका अध्यक्ष तारा कुमार श्रेष्ठले जानकारी गराए।
स्थानीयबासीहरुमा काेराेना बारे मनोवैज्ञानिक त्रास बढिरहेको समयमा स्वास्थ्य प्रति सचेत रहन
प्रति व्यक्ति एउटा मास्क वितरण गरिएको जेसिजका पुर्ब अध्यक्ष क्रान्तिदीप काफ्लेले जानकारी गराए।सर्वसाधारणहरुमा कोरोना भाइरसको बारेमा जनचेतना जगाउन अभियानका रुपमा संचालन गरिएकाे कार्यक्रममा कोरोना भाइरस के हो ? यो कसरी सर्दछ ? यसका लक्षण के के हुन? यसबाट बच्ने उपायका बारेमा चेतना जगाउने खाल्का ब्यानरहरु प्रदर्शन गर्नुका साथै  जनचेतना जगाउने कार्यहरु गरिएको जनाइएको छ। कार्यक्रममा कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, भिडभाडमा नजाने, लामो समयसम्म रुघाखोकी लागेमा नजिकैको स्वाथ्स्य चौकीमा गई चेकजाँच गराउन आग्रह गरिएको थियो । कोरोना भाइरसका साथै धुलाे,धुवाँबाट बच्नका लागि माक्स वितरण गरिएको गौरादह जेसिज अध्यक्ष तारा कुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : २१ बजे