११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजकी एक महिला जनप्रतिनिधिले छाेराकाेे जन्मदिन असाहय महिलालाई लुगा र मिठाइँ दिएर मनाएँ


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200305_131706

गाैरीगंज २२, फागुन /
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक महिला जनप्रतिनिधिले असाहय वृद्वालाई मिठाई खुवाई तथा कपडा ओढाएर आफ्नाे छाेराकाे जन्म दिन मनाएकी छन् ।
सानै उमेरदेखि वृद्व – वृद्वाप्रति सम्मान र मानवसेवामा प्रेरित हाेस् भन्ने उदेश्यले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कि वडा सदस्य रमकुमारी विकले आज विहान आफ्नाे छाेराकाे जन्मदिन मनाएकी हुन् । वुवा प्रविण बराईली र वडा सदस्य विकले आफ्नाे छाेरा दिप्सन बराईलीकाे ६ बर्ष पुरा गरि ७ औं वर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा हर्षाेउल्लासका साथ जन्मदिन मनाएकी हुन् ।
जन्मदिनमा तामझामका साथ घर, हाेटल र रेष्टुरेन्टमा आफ्न्तहरूलाई बाेलाई भव्य पार्टीकाे आयाेजना गरि जन्म दिन मनाउने अहिलेकाे आम चलनलाई सिकाे नगरी एक असाहय वृद्वालाई लुगा दिएर तथा मिठाई खुवाई वडा सदस्य विकले छाेराकाे जन्मदिन मनाएकी छन् ।
यस प्रकारले जन्मदिन मनाउँदा छाेरा दिप्सनकाे
मन र मष्तिस्कमा सकारात्मक सन्देश पर्न जाने वडा सदस्य विकले बताइन् । पढाईमा अब्बल रहेका दिप्सन स्थानिय ज्ञानकुञ्ज एकाडमीमा युकेजीमा अध्ययनरत छन् ।
गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारमा बाेल्न समेत नसक्ने ती असाहय वुद्वाकाे एक मात्र छाेराकाे केही महिना अघिमात्र निधन भएकाे थियाे । ती वृद्वालाई स्याहारसुसार गर्ने काेही छैनन भने विहान र वेलुकाकाे छाक भने छरछिमेकका भरमा चल्ने गर्छ । उनी केही महिनादेखि विरामी भएर थलिएकी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ८ : २० बजे