१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दक्षिणी क्षेत्रका सामुदायिक विद्यालयले सञ्चालन गर्ने परीक्षा सारियाे


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200304_190005

गौरादह २१, फागुन /काेरिना भाइरसकाे त्रासका कारण दक्षिणी क्षेत्रका बिद्यालयहरुमा यहीँ फागुन २८ गतेबाट परीक्षा संचालन गरिने भएकाे छ। यस अघि बिद्यालयहरुमा चैत्र ७ गतेबाट संचालन गरिने पालिका स्तरीय शिक्षा समितिले निर्णय गरेकाे थियाे। नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालायले काेराेना भाइरसकाे संक्रमण र त्रास बढ्दै गएकाले सतर्कता अपनाउन बिद्यालय स्तरमा चैत्र ५ गते भित्रमा बिद्यालय स्तरमा परीक्षा सम्पन्न गर्न पठाएको सुचनाका आधारमा परीक्षा संचालन गरिने भएकाे छ। गौरादह नगरपालिका स्तरीय परीक्षा समितिले बुधबार आपतकालिन बैठक बसि परीक्षा सारेकाे छ। सामुदायिक बिद्यालयमा यस अघि चैत्र ७ गतेबाट कक्षा १ देखि ९ सम्मकाे परीक्षा संचालन गरिने निर्णय गरेकाे थियाे। परीक्षा समितिले काेराेना भाइरसका त्रासका कारण नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयकाे निर्णय अनुसार परीक्षा फागुन २८ गतेबाट संचालन गरिने र चैत्र ५ गते भित्रमा सम्पन्न गर्ने निर्णय भएकाे गौरादह नगर शिक्षा अधिकृत टेकनाथ रेग्मीले बताए।कक्षा ८ काे परीक्षा भने जिल्ला समन्वय एकाईकाे निर्णयबाट गरिने र संस्थागत बिद्यालयकाे परीक्षा भने प्याब्सनकाे निर्णय अनुसार गरिने पनि प्रमुख रेग्मीले बताए। गौरीगंज गाउँपालिका शिक्षा समितिले कक्षा १ देखि कक्षा ९ सम्मकाे परीक्षा फागुन २८ गतेबाट संचालन गर्ने निर्णय भएकाे गाउँपालिकाका शिक्षा अधिकृत केशव भट्टराईले जानकारी गराए। भट्टराईका अनुसार चैत्र ७ गतेबाट संचालन गरिने भनिएकाे कक्षा ८ काे परीक्षा पनि २८ गतेबाट समय मिलाएर संचालन गरिने शिक्षा समितिले निर्णय गरेकाे भट्टराईले जानकारी गराए।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : १९ बजे