१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पार्टी सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता सिटाैलाकाे भनाई


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200302_220744

भद्रपुर १९, फागुन /  कांग्रेस पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेसनमा पार्टी सभापतिमा आफ्नाे उम्मेदवारी रहने बताएका छन् ।
नेपाल प्रेस युनियन झापाद्वारा सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पार्टीका सबै तहका अधिवेशनहरु सकिएपश्चात मंसिरमा आफ्नो टिमको घोषणा गर्ने तयारीमा रहेकाे बताएका हुन् ।
नेपाली कांग्रेसको आन्तरिक विवादहरूलाई महाधिवेशनमार्फत समाप्त गरेर गतिशिल र स्पष्ट मार्ग निर्देशन दिन सक्ने नेतृत्वकाे आवश्यक रहेकाे औंल्याउदै पार्टी अब अपरिवर्तनिय शैलीमा नचल्ने उनकाे भनाई थियाे ।

“महाधिवेशनमा म सभापतिको उम्मेद्वार होइन भन्ने भ्रम फैलिएको छ” सिटौलाले भने, “त्यो भ्रम आजै त्यागिदिनुस् ।”
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेम आफ्नाे अडान रहेकाे बताउदै तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे ।
नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ लगायत पार्टीका भातृ संस्थाको महाधिवेशन पार्टी महाधिवेशन अगाडि गर्न नसकिए पनि प्रेस युनियन शुभेच्छुक संस्था भएको हुँदा तोकिएको समय यहि चैत २१ र २२ गते हुनुपर्नेमा जोड दिए ।
स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लोकतन्त्रवादी पत्रकारहरुले चनाखो भएर कम्युनिष्ट सरकारले संवैधानिक निकायमाथि गरिरहेको हस्तक्षेपको जानकारी जनतालाई गराउन उनकाे आग्रह गरे ।
‘वर्तमान सरकार संवैधानिक निकाय र प्रेसलाईसमेत ऐन कानून नै बनाएर नियन्त्रण गर्न अनेक षडयन्त्र गरिरहेको प्रसङ्ग उठाउँदै सिटौलाले भने, ‘प्रेस स्वतन्त्रताको अधिकार भनेकै जनताको सूचना पाउने अधिकार भएको हुँदा यसलाई कसैले पनि कुनै कालखण्डमा नियन्त्रण गर्न नसकोस् भनेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको हो ।’ पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिएका नेता सिटौलाले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा आफ्नो तेस्रो बैचारिक धारको अलग्गै टिम कायम रहने जनाए ।
कम्युनिष्ट सरकारको प्रतिष्पर्धी दल र फरक विचारलाई समाप्त गर्न राज्यसत्ता र संवैधानिक अङ्गहरुको दुरुपयोग गर्ने अधिनायकबादी गतिविधिविरुद्ध जनमत सिर्जना गर्न कांग्रेस लाग्नुपर्ने सिटौलाको भनाई थियो । नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईँ, युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाली कांग्रेस –३ नं क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : २७ बजे