१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घरेलु हिंसा न्युनिकरणका लागि प्रशिक्षण


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200228_160838
गाैरीगंज १६, फागुन / समाजमा घटिरहेका घरेलु हिंसालाई न्युनिकरण गर्नका लागि महिलाहरूलाई २ दिने तालिम दिईएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ काे आर्थिक सहयाेगमा वडाका ५५ जना महिलाहरूलाई घरेलु हिंसा सम्बन्धि तालिम
आज दिईएकाे हाे । ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई र अधिवक्ता लक्ष्मी खनाल काेईरालाले प्रशिक्षण दिदै छन् । तालिममा याैनिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, लैगिंक हिंसा निवारणमा राज्यकाे दायित्व र लैगिंक हिंसा अन्त्य सम्बन्धमा विद्यमान कानूनी प्रावधान र व्यवस्थाकाे बारेमा प्रशिक्षण दिईएकाे थियाे ।
प्रशिक्षक अधिवक्ता लक्ष्मी खनाल काेईरालाले विश्वमा महिलाकाे जनसंख्या आधा जति भए पनि उनीहरूकाे सामाजिक, आर्थिक, राजनैतिक र नीति निर्माण तहमा महिलाहरूकाे न्यून उपस्थिति रहेकाे बताएकी थिईन् ।

20200228_160857
राज्यले निर्माण गरेका कानुनहरूमा पनि महिलाहरूलाई विभेद गरिएकाे र महिला तथा बालबालिकाहरूलाई तुलनात्मकरूपमा कम स्वतन्त्रता र अवसर दिईएकाे बताईएकाे थियाे । ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले महिलाहरू माथि हुने हिंसा सामाजिक एवं कानुनी अपराध भएकाे बताउँदै महिला हिंसाले समाजलाई नै ध्वस्त पार्ने बताएका थिए । बाल विवाह, दाइजाे प्रथालाई समाजबाट मुक्त भए मात्र सभ्य समाजकाे निर्माण हुन सक्ने उनले प्रशिक्षणमा बताएका थिए ।
चेलीवेटी वेचविखन तथा ओसारपसार, बलात्कार , बहुविवाह जस्ता अमानविय क्रियाकलापबाट महिला हिंसा बढ्ने भएकाे हुँदा यसकाे विरूद्वमा राज्यले घटना नहुदै महिलालाई जाेगाउने वातावरण सृजना गर्नु पर्ने प्रहरी निरीक्षक भट्टराईले बताएका थिए ।
महिला हिंसाबाट प्रवाहितहरूलाई राज्यले न्याय, राहत र पुनर्स्थापनाकाे व्यवस्था राज्यले गर्नु पर्ने प्रशिक्षणमा भट्टराईले बताएका थिए ।
गाैरीगंज गाउपालिका वार्ड नं. ५ काे ६० हजार रूपैयाँकाे आर्थिक सहयाेगमा सञ्चालन गरिएकाे तालिमकाे आयाेजना वार्ड नं. ५ स्थित महिला समिति गाैरीगंजले गरेकाे थियाे । समितिका अध्यक्ष दमयन्ती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वार्ड नं. ५ का वडा अध्यक्ष विजय सिंह, वडा सदस्यहरू राजेन्द्र ताजपुरिया, देवनारायण सिंह गन्गाई, लिला गन्गाई, काेईली ऋषिदेव, महिला शसक्तिकरण गाैरीगंजकी अध्यक्ष फुलवती राजवंशी, समितिका सदस्य मिरा ठाकुर, द्राेपती गन्गाईलगायतकाे सहभागिता थियाे । महिला समितिकी सदस्य मनिसा राजवंशीले स्वागत गरेकाे कार्यक्रममा लक्ष्मी ताजपुरियाले सञ्चालन गरेकी थिईन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ३३ बजे