११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरादह उद्योग वाणिज्य संंघकाे पद हस्तान्तरण, अध्यक्षमा कार्की


६ फाल्गुन २०७६, मंगलबार  

0
Shares

20200218_172332
गाैरादह ६, फागुन / गाैरादह उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएकाे छ ।
उद्योग वाणिज्य संघकाे सभाहलमा आज औपचारिक कार्यक्रमकाे आयाेजना गरी निवर्तमान अध्यक्ष जिवन राइले नवनिर्वाचित अध्यक्ष जितबहादुर कार्की (जेवी)लाई कार्यालयकाे कागजात र चाबी दिएर पद हस्तान्तरण गरेका छन् ।
निर्वाचन समिती संयोजक बाबुराम भण्डारीले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका थिए ।
20200218_172429
गाैरादह उद्योग वाणिज्य संघकाे दाेस्राे साधारण सभाले जित बहादुर कार्की ( जेवी) काे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति तथा ३ सदस्यीय लेखा समिति माघ २५ गते निर्विरोध निर्वाचित  भएको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा व्यवसायी भुपालराज कट्वाल, द्वितीय उपाध्यक्षमा निर्मल बास्तोला, तृतीय उपाध्यक्षमा बिरेन्द्र बस्नेत, महासचिवमा अशोक चुडाल र कोषाध्यक्षमा प्रकाश बास्कोटा निर्विरोध निर्वाचित भएका थिए ।
20200218_172531
त्यसैगरी सदस्यहरूमा इन्दिरा बिष्ट, रुकमणी लुइँटेल कोइराला, चन्द्रमणी गौतम, हरि कार्की, कृष्ण बराल, इश्वर कुमार खत्री, टंक बहादुर कार्की, सोमराज सिलवाल, समीर बस्नेत निर्विरोध निर्वाचित भएकाे निर्वाचन समितिका सदस्य डण्डिराज घिमिरेले जानकारी गराए । बिधान संसोधन गरेर निर्वाचन गरिएको लेखा समितिको संयोजकमा भुपालमान कार्की र सदस्यहरुमा योगमाया दङ्गाल र ज्ञानेन्द्र बहादुर कट्वाल  निर्विरोध निर्वाचित भएका थिए । यसअघिका साधारणसभामा निर्वाचन प्रणालीद्वारा समिती छनाैट गरिएपनि दाेस्राे साधारणसभामा निर्विराेध निर्वाचित भएका हुन् ।

निवर्तमान गाैरादह वाणिज्य संघका अध्यक्ष  जीवन राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा कन्काइ ग्यास उद्योगका प्रबन्ध निर्देशक जित वहादुर कार्कीले शिक्षा तथा स्वास्थ्य समिति , भाैतिक तथा पुर्वाधार समिति, कृषि तथा पर्यटन विकास समिति व्यवसाय तथा हकहित प्रवर्द्धन समिति गठन गरेर अगाडि बढ्ने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य दिपक कार्कीले उद्योग वाणिज्य संघ व्यवसायीहरूकाे हकहितकाे लागि र नगरभित्रका बजारहरूमा सहजरूपमा व्यवसाय गर्ने वातावरण बनाउँदै गाैरादह नगरकाे समग्र विकासमा उद्योग वाणिज्य संघ लाग्नु पर्ने धारणा राखे ।
निवर्तमान अध्यक्ष जीवन राईले कार्यसमिति तथा लेखा समिति निर्विरोध निर्वाचित हुनुले सम्पूर्ण व्यवसायी तथा गौरादहवासीमा नयाँ उर्जा र  सहमतिय परिपाटीकाे थालनी भएकाे बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डाल्मिया , गाैरादह नगरपालिका प्रमुख राेहितकुमार साह, नेकाका यादवराज सेढाई, नेकपाका मित्रदेव काफ्लेलगायतले बाेलेका थिए भने नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाईं, नेकपा प्रतिनिधि याेगराज दाहाल, वडा नं.१ का अध्यक्ष नगेन्द्र भण्डारी, राप्रपा गाैरादह नगर अध्यक्ष शान्तिराम पाैडेल, दमक उद्योग वाणिज्य संघ अध्यक्ष गाेकुल श्रेष्ठ , झापा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, गाैरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भाेजराज दाहाल, प्रकाश प्रसाईलगायतकाे सहभागीता थियाे भने कार्यक्रमकाे सञ्चालन निर्वाचन समिती सदस्य वद्री कार्कीले गरेका थिए । निर्वाचित कार्यसमिति र लेखा समितिको कार्यकाल विधान अनुसार ३ बर्षको हुनेछ ।

20200218_172404

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ११ : ५० बजे