१३ माघ २०८२, सोमबार | Tue Jan 27 2026

ईलाका प्रशासन कार्यालय गाैरीगंजसंगै रहेकाे प्रार्थना हाेटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी


२९ माघ २०७६, बुधबार  

0
Shares

20200212_185611
गौरीगंज २९, माघ /गौरीगंज गाउँपालिका वार्ड नं -३ स्थित
इलाका प्रशासन कार्ययालय गाैरीगंजसंगै रहेकाे प्रार्थना हाेटलमा ग्यास सिलिन्डर पड्कदा आगलागी भएकाे छ।हाेटलका लागि ल्याएकाे पाथिभरा ग्यासको नयाँ सिलिन्डर ट्याङ्की खाेलेर सल्काउने साथ आगाे लागेकाे हाेटलका प्राेप्राइटर दुर्लभ मान श्रेष्ठले जानकारी गराए। हाेटलमा उनी सहित ४ जना कामदार रहेकाे र पहिलेकाे ग्यास सकिएर नयाँ सिलिन्डर भर्खरै ल्याएका थिए।आगलागीबाट करिब १२ देखि १५ लाख बराबरको क्षति भएकाे श्रेष्ठले बताए ।करिब ६ बजे तिर भएकाे आगलागीकाे क्षतिबाट जाेगाउन ईलाका प्रहरी कार्यलयका प्रहरी, शस्त्र प्रहरी,स्थानीयबासि र गौरादह नगरपालिकाकाे बारुणयन्त्रकाे सहयाेगमा करिब १ घन्टामा आगाे नियन्त्रणमा आएकाे थियाे ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : ३७ बजे