३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महेन्द्रनगर बस पार्क निर्माण प्रक्रिया शुरु


२ माघ २०७६, बिहिबार  

0
Shares

20200116_114932

गौरीगंज २, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापनको ६ दशक पछि बसपार्क निर्माण प्रक्रिया शुरु हुन भएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बस पार्क बनाउन ४३ लाख रुपैयाँ वजेट विनियोमा भएपछि बस पार्क निर्माण प्रक्रिया अघि बढेको हो ।
बसपार्कको निर्माणका लागि गौरीगंज गाउँपालिका वार्ड नं. ६ को ८ लाख, गाउँपालिका मार्फत २० लाख र झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत १५ लाख रुपैयाँ विनियोजन भएको छ ।
झापाको पुरानो बजार क्षेत्रको रुपमा रहेको गौरीगंज खजुरगाछी बजार वर्षौदेखि १ आधुनिक बसपार्कको आवश्यकता महसुस पुरा हुन सकेको थिएन । स्थानिय स्रोत साधन र प्रदेश तथा केन्द्रको बजेटवाट प्रारम्भिक कार्य थालिएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउँछन । २०१८ साल तिर तत्कालिन राजा महेन्द्र यहाँ भ्रमणका लागी आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्य मुकेश शाहले टहरा सहितको बसपार्कको निर्माणका लागि ७ करोड ९० लाख रुपैयाँको इस्टमिट बनाएको बताए ।
गौरीगंजवाट दैनिक रुपमा काठमाडौ लगायत पूर्वका विभिन्न स्थानमा पुग्ने बस छुट्ने गरेका छन् तर व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाध्यता रहेको वडा सदस्य साहले बताए ।
स्थानिय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगंज समेत परेकाले स्तरीय बसपार्क भन्सार कार्यालयको स्तरोनतति हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगंज प्रदेश नं. १ कै प्रमुख नाकाको रुपमा स्थापित हुने स्थानियवासीहरुले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ६ : २० बजे