
विर्तामोड २९, पुस / झापाको विर्तामोडमा आज वृहतरूपमा भाक्का दिवस मनाइएको छ ।
कोच समुदायको विशेष परिकाररुपमा रहेको भाक्का परिकारलाई प्रर्वधन गर्न आज राष्ट्रिय भाक्का दिवसकाे रूपमा मनाइएको हो ।
कोच समुदायले चिसो (हिउदे) मौसममा खाने प्रमुख परिकार भाक्का हो । पछिल्लो समयमा कोच समुदायसंगै अन्य जातजातिले पनि रुचाएपछि यसको
लोकप्रियता बढ्दै गएको छ ।
कोचिला गाभुर फ्रन्ट केन्द्रिय समितिले संस्थागत रुपमा भाक्का परिकारलाई प्रर्वधन गर्न भाक्का दिवस मनाउन थालेपछि यसको महत्व बढदै गएको हो ।

भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरिएको राष्ट्रिय भाक्का दिवसलाई सार्थक बनाउन सबैले साथ र सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी उदय
समशेर राणाले बताए । कोच समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको भाक्का परिकारलाई संरक्षण गरी यसलाई प्रर्वधन गर्न जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी राणाको भनाई थियो ।
कोच समुदायको विषेश परिकार भाक्काको स्वाद आफुले पनि लिएको र यो भाक्का परिकार मानव स्वास्थका लागि पनि स्वस्थ्यकर भएको विर्तामोड नगरपालिका वार्ड नं. २ का अध्यक्ष नगेन्द्र संग्रौलाले बताए । भाक्कासंग माछा,वैगुन, धनियाको चटनी र नुनसंग खाजाको रुपमा लिन सकिने बताउदै अध्यक्ष संग्रौलाले भाक्कालाई व्यवसायिकरुपमा अगाडि बढाउन आग्रह गरेका थिए ।

कोचिला गाभुर फ्रन्ट केन्द्रिय समितिका अध्यक्ष अभय राजवंशीले भाक्कालाई कोच समुदायसंगै अन्य जातजातिले पनि खाने गरेकोले यसलाई व्यवसायिकरुपमा अगाडि बढाउन जरुरी रहेको बताए । बजारमा अर्ग्यानिक परिकार पाउन गाह्रो रहेकोले भाक्का सबैभन्दा अर्ग्यानिक र स्वस्थ्यकर रहेको अध्यक्ष राजवंशीले बताए । भाक्का शुद्ध चामलको पीठोलाई पानीको वाफबाट बनाइने परिकारलाई राष्ट्रिय भाक्का दिवसको रुपमा मनाइएको थियो । कार्यक्रममा नि:शुल्करुपमा भाक्कासंगै माछा र धनियाको चटनी खुवाइएको थियो भने विभिन्न कोच समुदायका नृत्य तथा गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मिस काेच ईन्टरनेशनलकि विनर मिस हराेल्यन काेच सदपलगायत भारतकाे मेघालय र वेस्ट वंगालबाट अतिथि तथा कलाकारहरुसमेतको सहभागिता थियो । विर्तामोडको वान स्टप मल अगाडि आयोजना गरिएको राष्ट्रिय भाक्का दिवसमा झापाका प्रहरी उपरिक्षक मोहन कोइराला, राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख सुशान्त बराल, विर्तामोड उद्योग वाणिज्य संघका अधयक्ष कुमार भट्टराई, इतिहासकार पानीलाल राजवंशीलगायतले बोलेका थिए । झापा, माेरङ्ग र सुनसरी जिल्लामा बसाेबास गर्ने काेच समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, माझी, थारूलगायतका जातीमा विशेष परिकारका रूपमा भाक्का खाने चलन छ ।

कार्यक्रमका अध्यक्षता काेचिला गाभुर फ्रन्टका केन्द्रीय समितिका अध्यक्ष अभय राजवंशीले गरेका थिए भने सञ्चालन कान्तिपुर दैनिकका सञ्चारकर्मी अर्जुन राजवंशीले गरेका थिए ।






