१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह नगरपालिकाकाे ५ औं नगरसभा शुरू


२७ पुस २०७६, आइतबार  

0
Shares

0fb5a214cd5167cc01c21983c9b9df7d.0

गौरादह २७, पुस/ गौरादह नगरपालिकाले यस आर्थिक बर्षकाे ६ महिनामा गरेकाे कामकाे समिक्षा गर्दै आगामी दिनमा गरिने कामकाे लक्ष्य प्रस्तुत गर्दै ५औ नगरसभा शुरू भएकाे छ।गौरादह नगरपालिकाका प्रमुख राेहित कुमार शाहले नगरसभाकाे उद्घाटन गर्दै नगरपालिकालाई बिकास निर्माणकाे कार्यलाई अगाडि बढाउन सहमति,सहकार्य,एकता र सद्भाबबाट नगरपालिकाले कार्य गरेकाे जानकारी गराए। वडा नं. १ को वडा कार्यालयमा संचालन भएकाे पाँचौ नगरसभामा नगर कार्यपालिकाले गरेका कामको अनुमोदन,योजना,कार्यक्रम संसोधन, योजनामा रकम विनियोजन, आय व्ययको विवरण, कामको समिक्षा, आवश्यक ऐन तथा कार्यविधिको संसोधन र नगरपालिकाको दरवन्दी स्वीकृत गर्ने विषयमा नगरसभामा प्रस्तावको रुपमा पेश गरिएको छ । गौरादहलाई सहमति, सहकार्य र एकताबाट समृद्ध गौरादह बनाउने उद्देश्यले नगरकार्यपालिकाले प्रस्तुत गरेका योजना र कार्यक्रमहरु पेश गरिएको थियो । प्रस्तुत गरेका योजनाहरुमा गौरादहलाई पर्यटन क्षेत्रको विकासमा अगाडि बढाउन गौरादहकाे पोखरीलाई आवश्यक व्यवस्थापन कार्यलाई अगाडि बढाईएको नगर चक्रपथ, प्राविधिक शिक्षालय कार्यका लागि अगाडि बढेको, नगर भित्रका सबै वडामा ग्राभेल गरि सकिएको र कालोपत्रे कार्यका लागि नगरपालिका अगाडि भएको, तराई मधेस संमृद्ध कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारका लागि आवास निर्माण कार्य अगाडि बढाएको, सबै वडाका सडकहरुमा रहेका पुल, कल्भर्ट निर्माण गरिएको नगर प्रमुख रोहित कुमार शाहको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले हालसम्म गरेको कार्यको जानकारी गराउँदै आगामि दिनमा नगरपालिकाले गर्ने लक्ष्यहरुमा यसै आर्थिक वर्ष देखि प्रत्येक वडामा फिटनेस सेन्टरको व्यवस्था, चिल्ड्रेन पार्क निर्माणको लागि जग्गाको खोजी, बसपार्कको लागि जग्गा व्यवस्थापन, सबै वडामा खेल मैदानको व्यवस्था, औद्योगिक ग्राम स्थापनाका लागि यसै आर्थिक वर्षबाट अगाडि बढाइने नगरपालिकाको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गौरादह नगरपालिकाकी उपमेयर गिता भेट्वालले स्वागत मन्तव्य राख्दै समृद्ध नगर बनाउन सबैको सहयोग आवश्यक रहेको र सबैमा जनचेतनाको विकास गराउन चेतना, क्षमता अभिवृद्धि र सिपमुलक कार्य सहित भौतिक पूर्वाधार निर्माण तर्फ नगरपालिका लागेको जानकारी गराइन् ।नगर सभाका सभापति नगरप्रमुख राेहित कुमार शाहले यहि माघ १० गते नगरसभा पूनः सञ्चालन गरिने जानकारी गराउदै नगर सभाकाे उद्घाटन स्थगन गरेका थिए। कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ओझाकाे समेत उपस्थिति थियाे ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : २६ बजे