१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह उद्योग वाणिज्य संघकाे दाेस्राे साधारणसभा सम्पन्न


१९ पुस २०७६, शनिबार  

0
Shares

20200105_053228

गाैरादह २०,पुस / गाैरादह उद्योग वाणिज्य संघकाे दाेश्राे साधारणसभा शनिवार एक भव्य कार्यक्रमबीच सम्पन्न भएकाे छ ।
गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथ रोहित कुमार साहले कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका मेयर साहले उद्योग कलकारखानाका लागि गौरादह सुरक्षित गन्तव्य रहेकाे बताउदै उद्योगी व्यवसायीहरूलाई लगानी गर्न आव्हान गरेकाे थिए ।

20200105_053614
गौरादह पाडाजुगी तथा बालुबथान कोरोबारी करिडोरमा बाह्य क्षेत्रका लगानी कर्ता भित्रिने क्रम जारी रहेकाे जानकारी गराउदै नगर प्रमुख साहले
अब गाैरादह नगरकाे अर्थतन्त्रले ठुलाे फड्काे मार्ने बताएका थिए ।
साधारण सभाबाट सजल सन्देश डट्कमका सन्तोष बिष्ट र हिमशिखर टेलिभिजनका सुदिप अधिकारीलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियाे ।

20200105_053604
कार्यक्रममा विशिष्ट अतिथिमा उपमेयर गिता भेट्वाल तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख रामप्रसाद पाठक, वार्ड नं. १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी लगयत रहेका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राई प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रथम उपाध्यक्ष अशोक चुडाल स्वागत मन्तव्य राखेका थिए भने सचिव निर्मल बास्तोलाले कार्यक्रम संचालन गरेका थिए । उवा संघ गौरादहको नया नेतृत्व चयनका लागि यहि आउदो माघ १८ गते निर्वाचन हुदैछ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ११ : ४९ बजे