१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उद्वघाेषण तालिम बालुवामा पानी हाले बराबर …. स्थानियलाई भन्दा बाहिरकालाई बढी प्राथमिकता


१६ पुस २०७६, बुधबार  

0
Shares

20200101_194252
गौरीगंज१६, पुस /सर्वसाधारण नागरिकलाई बाेल्ने कलाकाे सीप हाँसिल गराउन स्थानीय निकायहरूले बर्सेनि लाखौं रूपैयाँ खर्च गर्ने गरेकाे छ । तर, खर्च गरे बमाेजिम तालिम उपलब्धि विहिन भएपछि उत्त रकम वालुवामा पानी हाले बराबर भएकाे छ ।

स्थानीय तहले आफ्नो क्षेत्र भित्र रहेका नागरिकलाई मञ्चमा गई माईक्राेफाेन समातेर औपचारिक कार्यक्रम संचालन गर्ने सीप हाँसिल गराउन उद्घाेषण तालिम संचालन गर्ने गरेकाे छ। स्थानीय तहले प्रत्येक बर्ष उद्घाेषण तालिम संचालन गरेपनि उपलब्धि भने हात लागि शुन्ना भएकाे छ। स्थानीय तहले यस्ता तालिमका लागि माेटाे रकमको बजेट बिनियाेजन गरि तालिम गराए पनि सहभागीहरुले कार्यक्रम संचालन गर्न त परै जावस अगाडि उभिएर आफ्नो परिचय दिनपनि खुट्टा कमाउछन् ।  तालिममा सहभागी छनौट गर्दा याेग्य भन्दा आफ्नो मान्छे छान्नु, पढे लेखेका र बाेल्न सक्ने ईच्छा र चाहना भएका ब्यक्ति प्राथमिकतामा नपर्नु, तालिममा सहभागी ब्यक्तिहरुले सीप सिक्नु भन्दा पनि भत्ता र खाजालाई ध्यान दिनु र भत्ता पाउने लाेभमा अघिल्लाे वर्ष तालिम लिएकालाई दाेहाेर्याई तेहराई सहभागी गराउदा तालिम उपलब्धि विहिन हुन पुगेकाे हाे। स्थानीय तहले तालिम संचालनका लागि माेटाे रकम बिनियाेजन गरेपनि संचालनकाे अवधि कम हुदा सीप सिक्ने ब्यक्तिले साेचे अनुसार सिक्न सकेका छैनन।तालिम संचालन गर्ने ब्यक्ति बिज्ञ नहुदा सहभागीहरुकाे साेचाई अनुसारकाे    प्रभावकारी शिक्षण नभएकाे स्पस्ट देखिन्छ । यस्ता व्यक्तिहरुबाट तालिम संचालन गर्दा  व्यवहारिक र प्रयाेगात्मक पक्षलाई भन्दा सैद्धान्तिक पक्षलाई बढी  प्रयाेग गर्दा सहभागीले सुनेर जाने तर प्रयाेगमा भने  नआएकाे हाे। स्थानीय निकायले छाेटाे समयकाे तालिमकाे लागि माेटाे रकम विनियाेजित गर्दा तालिम संचालन गर्न पाउने संस्थालाई सरकारी रकम भजाएर खाने बाटाे बन्न थालेकाे छ ।तालिम संचालनमा सरकारी रकम दुरुपयाेग भएकाे पाईन्छ भने तालिमकाे बाहानामा सहभागीहरुकाे समय बर्वाद भएकाे छ।

गाउँपालिकाबाट उद्वघाेषण तालिम

  गौरीगंज गाउपालिकाले यय बर्ष गाउँपालिका भित्र रहेका ६ वटा वडामा उद्घाेषण तालिम संचालन गरिएकाे छ। तालिमका लागि गाउँपालिकाले महिला विकास कार्यक्रमबाट २ लाख ४० हजार रूपैयाँ बिनियाेजन गरेकाे छ। प्रत्येक वडालाई ४० हजारका दरले बिनियाेजित रकममा तालिम संचालनका लागि चन्द्र सूर्य सीप बिकास संस्था दमकले जिम्मा पाएकाे छ। गाउपालिकाकाे आर्थिक सहयाेगमा संचालन भएकाे तालिममा प्रत्येक वडाबाट २५ जनाका दरले तालिममा सहभागी भएका छन।तालिम अवधि भने प्रत्येक वडालाई ३ दिनकाे मात्र छ।तिन दिनकाे तालिममा पहिलाे दिन उद्घाटन कार्यक्रम र अन्तिम दिन समापन कार्यक्रमले समय खाइदिन्छ।सहभागिहरुले सैद्वान्तिक ज्ञान लिए पनि प्रयाेगात्मक ज्ञान लिने समय पाउदैनन्।तालिम लिएका ब्याक्तिहरुले बसेर कुराकानी गर्छन तर कार्यक्रम संचालन गर्न सक्दैनन्।तालिम दिनु उपयुक्त भए पनि समय अबधि बढाएर सैद्धान्तिक र प्रयाेगात्मक ज्ञान दिन सके तालिमकाे सर्थकता र प्रभावकारिता हुने जानकारहरू बताउँछन् ।

स्थानियलाई भन्दा बाहिरकाहरूलाई बढी प्राथमिकता

गाैरीगंज गाउँपालिकाले स्वाभाविकरूपमा दर्ता भएका स्थानिय संघ संस्थाहरूलाई बजेट विनियाेजन गरेर संरक्षकत्व तथा अभिवाकत्व भुमिका खेल्नु पर्ने हाे । तर स्थानिय संघ संस्थाहरूलाई वजेट विनियाेजन त कता हाे कता ती संस्थाहरूले पेश गरेका प्राेपाेजल नै ‘रिजेक्ट’ गरिदिने गरेकाे पाईएकाे छ ।
गाैरीगंज गाउँपालिका भित्रका ग्रामीण महिलाहरूलाई विभिन्न तालिम मार्फत सशक्तीकरण गर्ने उदेश्यले दर्ता भएकाे राष्ट्रिय महिला सक्तिकरण संस्था गाैरीगंजलाई प्राेपाेजल अनुसार बजेट विनियाेजन नगरेकाे हुदा उत्त संस्थाका सदस्यहरूले गुनासाे गरे ।
संस्थाकी अध्यक्ष तथा महिला नेतृ फुलवती राजवंशीले गाउँपालिकाले अघिल्लाे बर्ष करिव ५ लाख रूपैयाँ वजेट विनियाेजन गरे पनि यस वर्ष कटाैती गरि १ लाख रूपैयाँ मात्र छुट्याएकाे बताईन् । संस्थाले ग्रामीण महिलालाई क्षमता विकास तालिम , आय आर्जन र सीपमुलक तालिम, नेतृत्व विकास तालिमहरू आयाेजना गर्दै आएकाे छ ।
तत्कालिन एमालेतर्फबाट गाउँपालिका उपाध्यक्षका उम्मेद्वार तथा महिला नेतृ मनिका राईले अघिल्लाे वर्ष महिलाहरूकाे सीप विकासका लागि समूह मार्फत प्राेपाेजल पेश गरेपनि वजेट नछुट्याएकाे गुनासाे गरिन् । उनले भनिन – ‘प्राेपाेजल पेश गरियाे तर वजेट नछुट्उदा मन नै खल्लाे भएर अायाे ।’ यस वर्ष हालसम्म प्राेजल पेश नगरेकाे उनले बताईन् ।

स्थानिय युवा अभियन्ता तथा काेच प्रवासी मञ्चकी अध्यक्ष वबिता राजवंशीले स्थानिय उत्पादन झल्ला र झाेला बुन्ने तालिमका लागि प्राेपाेजल पेश गरेपनि वजेट विनियाेजन नगरेकाे गुनासाे गरिन् । अघिल्लाे बर्षकाे प्राेपजल ‘ रिजेक्ट’ गरेका कारण आफुले यस आर्थिक वर्षमा पेश नगरेकाे बताईन् । उनले भनिन – ‘हामीले आफ्नै बल बुत्ताले विभिन्न तालिम र गाेष्ठीहरू सञ्चालन गरिरहेका छाै । संघ संस्था र व्यक्तिबाट सहयाेग संकलन गरि विभिन्न तालिम, गाेष्ठीहरू आयाेजना गर्दै आएका छाैं ।’

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : ३५ बजे